अन्तर्राष्ट्रिय डिजिटल

- साप्ताहिक संवाददाता

मंसिर १, २०७४

तिब्बती सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय डिजिटल कला प्रदर्शनी सम्पन्न भएको छ । तिब्बती परम्परा, भौगोलिक दृश्य तथा सम्पदालाई भिडियोको माध्यमबाट प्रस्तुत गरिएको यो प्रदर्शनीले नेपाल–चीनको मैत्री सम्बन्ध प्रगाढ बनाउन मद्दत गरेको आयोजकहरूको दाबी छ ।

चिनियाँ सरकारी समाचार संस्था सिन्हवाको काठमाडौं ब्युरो एवं चाइना मोबाइल तिब्बत कम्पनीले संयुक्त रूपमा आयोजना गरेको यो प्रदर्शनीमा झन्डै ५० भन्दा बढी तिब्बती कला प्रदर्शन गरिएका थिए । गत शुक्रबार प्रारम्भ भएको प्रदर्शनी मंगलबारसम्म चलेको थियो ।  

 

प्रकाशित :मंसिर १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्