दयाहाङको झ्यालिञ्चा

- साप्ताहिक संवाददाता

मंसिर १, २०७४-

लेखक कुमार नगरकोटीको लेखन तथा चलचित्र अभिनेता एवं नाट्यकर्मी दयाहाङ राईको निर्देशनमा नाटक ‘झ्यालिञ्चा’ मञ्चन भैरहेको छ । अनामनगरस्थित मण्डला थियटरमा प्रस्तुत यो नाटक लेखक कुमारकोटीको हालसालै प्रकाशित पुस्तकको एक अंशमा आधारित छ । विजय बराल, रञ्जना ओली आदि कलाकारले अभिनय गरेको यो नाटक मंसिर ४ गतेसम्म मञ्चन हुने बतायएको छ । 

पोखरामा कार्यशाला

पोखरा थिएटरमा नाट्य कार्यशाला हुने भएको छ । आज मङ्सिर १ गते प्रारम्भ हुने उक्त तीन महिने कार्यशालामा मण्डला थिएटर काठमाडौँका निर्देशक तथा कलाकार राजन खतिवडाले सहजीकरण गर्नेछन् भने पोखराका अन्य रङ्गकर्मीहरू पनि प्रशिक्षकका रूपमा सहभागी हुनेछन् ।

नवनिर्मित पोखरा थिएटरमै सञ्चालन हुने कार्यशालामा आधुनिक शैलीमा अभिनयका विभिन्न आयामका बारेमा प्रशिक्षण प्रदान गरिनेछ । यो कार्यशालाबाट प्रशिक्षित कलाकार तथा अन्य स्थापित कलाकारहरूको संयुक्त प्रयासमा थिएटरले पहिलो नाटक मञ्चन गर्ने लक्ष्य लिएको सञ्चालक दिलु गुरुङले बताए ।  

 

प्रकाशित :मंसिर १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्