मंसिर १ देखि ७ गतेसम्मको राशीफल

  • मंसिर १ गते : शतवीजरोपणम, मंसिर ५ गते : विश्व टेलिभिजन दिवस । मंसिर ७ गते विवाह पञ्चमी ।

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

मंसिर १, २०७४- 

 

मेष 

मन मिल्ने साथीबीच मनोरञ्जनपूर्ण दिन बिताइनेछ । व्यवसायले सहजै उचाइ लिने हुँदा अरूको मुख ताक्नुपर्नेछैन । स–साना अवरोध एवं आलोचना सहनुपरे पनि तपाईंको प्रखरताले सजिलै त्यसलाई निस्तेज पार्नेछ । स्वास्थ्यमा देखा परेका थोरबहुत समस्या मंगलबारपछि क्रमिक रूपमा सुधार हुनेछ । 

वृष 

सभा–सम्मेलनमा रुचि राख्न उत्प्रेरित भइनेछ । बोलीको प्रभाव बढ्नेछ भने युवाहरूमाझ आफ्नो प्रतिभाको कदर हुनेछ । आफन्त तथा अभिभावकको निगरानीले तपाईंलाई व्यवहारिक बन्न प्रेरणा दिनेछ । मन मिल्ने मित्रहरूको सुझाव आत्मासात् गर्दा गोपनीयताको हेक्का राख्नुपर्नेछ । 

मिथुन 

अचानक प्रेम प्रस्ताव प्राप्त हुन सक्छ । तपाईंको निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । नयाँ मित्रहरूबाट प्राप्त भएका सुझावले विदेश भ्रमणको ढोकासमेत खोल्नेछ । आवेशमा गरिएका कार्यले उल्टो परिणाम दिन सक्छन् । 

कर्कट 

अनौठा डिजायनका पहिरनमा लगानी गर्दा मुनाफा हुनसक्छ । बेलैमा सचेत भै अनुशासित रूपमा काम गर्दा षड्यन्त्रकारीहरूलाई परास्त गर्न सकिनेछ । व्यवसायमा उपलब्धि हात पार्न केही समय कुर्नुपर्नेछ । पर्यटकीय क्षेत्रको कामबाट मुनाफा हात लाग्नेछ । रातिको यात्रा गर्दा सचेतता अपनाउनुहोला ।

सिंह 

अरूले प्रशंसा गर्नेछन् । आफ्नो क्षमताबाट जवाफदेही कार्य सम्पन्न गरी नयाँ उचाइमा पुगिनेछ । काममा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । मेहनत गरे स्वदेशमै अवसर फेला पर्ने सम्भावना छ । खानपानको फेरबदल हुँदा स्वास्थ्यमा ध्यान दिनुहोला ।

कन्या 

अध्ययनका निम्ति ठूला अवसर पहिल्याइनेछ । विदेश यात्राको योग छ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । संयमित रहनुमै आफ्नो कल्याण छ । सानो लगानीबाट चित्तबुझदो मुनाफा हात लाग्नेछ । हरियो रंग प्रयोग गर्न सके धेरै कार्य सहज हुनेछन् ।

 

तुला 

उच्च व्यक्तित्वहरूसँगको भेटघाटले विविध क्षेत्रका अवसरहरूको जानकारी दिलाउनेछ । मित्रजनबाट मन पराएको प्रस्ताव प्राप्त हुन सक्छ । निर्णयमा ढिलाइ नगर्नुहोला । भ्रमणका क्रममा तपार्इंले नै खर्च गर्नुपर्ने हुन्छ । यो साता पश्चिमतर्फको यात्रा फलिफाप हुने देखिन्छ ।

 

वृश्चिक 

पहिलेका समस्या सुल्झिँदै गएको अवस्था छ । मन आध्यात्मिक ज्ञान तथा योगतर्फ आकर्षित हुँदैछ । आम्दानीको दिगो स्रोत फेला पार्न अझै केही समय लाग्नेछ । सवारी साधन जुटाउने प्रयास जारी रहनेछ । परिस्थितिले साथ नदिँदा त्यसका लागि केही महिना कुर्नुपर्ने हुन सक्छ । 

धनु 

तपाईंको व्यक्तित्व प्रभाव एवं उन्नति देख्नेहरू लोभिनेछन् । स्वदेशमै उपलब्धि हात पार्न प्रेमिकाको महत्वपूर्ण सहयोग प्राप्त हुनेछ । पुख्र्यौली धन खर्च गरी वैदेशिक यात्रा तय गरिनेछ ।साथीहरूसँग मनोरञ्जनमा सामेल हुँदा समय तथा स्वास्थ्यको ख्याल राख्नुहोला ।

मकर 

आफ्नो व्यवसायलाई उचाइमा पुर्‍याउन स्थान परिवर्तन आवश्यक छ । ठूला खाले योजना तर्जुमा गर्न थप समय खर्चनुपर्नेछ । स–साना समस्या तथा बाधाहरू सहजै निराकरण गर्न सकिनेछ । सामाजिक उत्सवमा सरिक हुँदा समय तथा स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

कुम्भ 

तपाईंको सुखद पारिवारिक वातावरणप्रति डाहा गर्नेहरू निकै छन् । ढिलै भए पनि विदेश यात्राको सपना पूरा हुनेछ । अपरिचित व्यक्तिबाट प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । निर्णय गर्न नहिचकिचाउनुहोला । प्रतिस्पर्धामा परिणाम आफ्नो पोल्टामा पर्ने देखिन्छ । 

मीन

प्रियजनसँगको भेटघाटले मन प्रफुल्लित बनाउनेछ । काम गर्ने हौसला वृद्धि हुनेछ । अग्रजहरूको सुझावअनुरूप व्यवसाय गर्दा नोक्सान बेहोर्नुपर्नेछैन । शुभ चिन्तकसँगको पारस्पारिक सहयोगले व्यवसायिक ऊर्जा प्रदान गर्नेछ । सेतो तथा रातो रंगको अनुसरणले कार्य सहज बनाउनेछ । 

 

प्रकाशित :मंसिर १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्