काठमाडौंको र्‍याम्पमा उत्रिन मनिषा कोईराला

- साप्ताहिक संवाददाता

कार्तिक ३०, २०७४-क्लासिक डाइमण्डको आयोजनामा सम्पन्न एक फेसन सोमा बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइराला सोस्टपर भएर ऱ्याम्पमा देखापरिन् ।

हिजो साँझ ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भएको फेसन सो बिशेषगरी ज्वेलरी सो थियो । जसमा अन्तिम सिक्वेन्समा अभिनेत्री मनिषा कोइरालाले ऱ्याम्पमा ओढनी बुटिकका डिजाइनमा क्लासिक डायमण्डका ज्वेलरी पहिरेर ऱ्याम्पमा उत्रेकी थिइन् ।

कुल तीनवटा सिक्वेन्स भएको सोमा भारत र नेपालमा मोडलहरुले ओढनी बुटिक र क्लासिक डायमण्डका पहिरन तथा ज्वेलरी पहिरेर सहभागीता जनाएका थिए । मुम्बईका कोरियोग्राफर रेहान शाहको कोरियोग्राफीमा सम्पन्न सोको व्यवस्थापन माल्टा इन्टरनेशनलले गरेको थियो ।

 

प्रकाशित :कार्तिक ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्