मिस इन्टरकन्टिनेन्टल मंसिर ५ मा

- साप्ताहिक संवाददाता

कार्तिक ३०, २०७४-

डिपास इन्टरनेसनलको आयोजनामा भैरहेको ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ को फाइनल मंसिर ५ गते हुने भएको छ । यस प्रतियोगिताको पहिलो अडिसन काठमाडौंस्थित दरबारमार्गको नव्यता कम्प्लेक्समा सम्पन्न भएको छ । सन् १९७१ बाट सुरु भएको यो प्रतियोगीता यसपाली ४६ औं वर्षमा प्रबेश गरेको छ । मिस मिस इन्टरकन्टिनेन्टलमा नेपालका विभिन्न क्षेत्रबाट १८ जना युवतीको सहभागिता छ । 

 

यो प्रतियोगिताको मुख्य ब्रान्ड भने पानामा सिटी छ, जसलाई नेपाल आधिकारिक रुपमा डिपास इन्टरनेसनलले ल्याएको हो । विजेताले पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै यही मंसिर महिनामा श्रीलंकाको कोलम्बो जाने अबसर प्राप्त हुनेछ । प्रतियोगिताले सहभागीको क्षमता, दक्षता, प्रतिभा, वाकशक्तिलाई अब्बल बनाउँदै अन्तरदेशीय सम्बन्ध, संस्कार, संस्कृतिका विषयमा ज्ञान दिलाउने आयोजक संस्थाले बताएको छ ।

प्रतियोगीहरुलाई पूर्व मिस इन्टरनेसनल शुभेक्षा खड्का, पूर्व मिस अर्थ दिव्यता वैद्य, नेपालका विजेता, बैंकर अनिल शाह, तेस्रो लिंगी समुदायका अगुवा भूमिका श्रेष्ठ आदिले प्रशिक्षण दिइरहेका छन् । 

 

प्रकाशित :कार्तिक ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्