के म छोरी हुनु दोष थियो ?

  • कविता

- नूतन अधिकारी

कार्तिक ३०, २०७४-

 

एक्लै बसी अतीतका ती सम्झनाहरू केलाउँदा 

दिलचस्पी पल अनि रंगरोगन खेलाउँदा 

दु:ख लाग्छ भित्रैबाट कराई–कराई रोउँ जस्तो 

नैराश्यताको जिन्दगी मेरो हुन गयो कस्तो–कस्तो 

प्रियसीलाई सम्झँदा स्वयंलाई बिर्सिएर 

घरी–घरी रुन आउँछ आमाको ममता सम्झिएर 

जाउँ कि म भनी सोच्छु उसैसँग जुनी काट्न 

सक्दिनँ म फेरि चुक्छु बुवाको त्यो स्नेह साँट्न 

अनूदित भइदिन्छु भनेर कहिले सोच्छु 

झट्ट ती झ–झल्काहरू आँखाभित्र खोज्छु 

प्रियसीलाई याद गरी संसार सारा भुलाउँदै

जान सक्छु कसरी म ? बुवाको प्रेरणा केलाउँदै 

न त सक्छु माता–पितालाई भुलाउन 

न त सक्छु प्रियसीलाई नै भुलाउन 

छोरी भै जन्मनु कि प्रेम गुर्न पाप थियो 

समाज–इज्जत भन्दाभन्दै भावीले के गरिदियो 

जिउन पाइन जिन्दगी मैले 

सोचिरहें समाज जहिले 

के छ मेरो दोष भन ? 

जन्मिएँ छोरी भइकन 

छोरी हुनुको दोष देखाई 

यो समाजले मुस्कान लुट्छ 

घरी–घरी हामी जस्ता चेलीको 

प्रेमप्रतिको विश्वास टुट्छ ।

प्रकाशित :कार्तिक ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्