हङ्कङमा “कुटुमा कुटु”

- अनोज रोक्का

कार्तिक २९, २०७४-

‘दिप साँझ तेश्रो’मा संगीतकार राजनराज शिवाकोटी र गायिका मेलिना राई प्रस्तुत भएका छन् । हङ्कङ स्थित युङलोङ थिएटर सम्पन्न उक्त साँझमा उनीहरुले युगल रुपमा कुटुमा कुटु लगायतका चर्चित  गीत गाउँदा दर्शक निक्कै उत्साहित देखिन्थे । 

प्रत्येक बर्ष आयोजना गरिदै आएको ‘दिप साँझ’मा पप गायक निमा रुम्बाको प्रस्तुती पनि समेटिएको थियो । ब्याण्ड लिजेन्ड सहित लाईभ प्रस्तुती दिएका रुम्बा दर्शकहरुको उल्लासमय उपस्थित र साथमा खुशी देखिन्थे ।  

कार्यक्रममा रुविना श्रेष्ठले आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन् । 

तस्बिर : जेपिटी डटकम

 

प्रकाशित :कार्तिक २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्