‘मनको बाबरी’ हङकङमा प्रदर्शन

- साप्ताहिक संवाददाता

कार्तिक २९, २०७४

नेपाली चलचित्र ‘मनको बाबरी’ हङकङमा प्रदर्शन गरिएको छ । सामाजिक कुरीति माथि बनेको चलचित्र ‘तमु प्ये ल्हु संघ हङकङ’को अगुवाईमा यमाताइ कम्युनिटी हलमा प्रदर्शन गरिएको हो । 

प्रदर्शनीपछि दर्शकले कमेडी र दुस्ख मिश्रित कथावस्तुका कारण चलचित्रमा फरकपन भेटिएको प्रतिक्रिया दिएको निर्माता एवं नायिका एन्सर्ज गुरुङले जानकारी गराइन् । गत असार दोस्रो हप्तामा पोखराबाट प्रदर्शन सुरु भएको चलचित्र मनको बाबरी काठमाडौं, जापान, बेलायत हुँदै हङकङमा प्रदर्शन गरिएको हो । 

माओत्से गुरुङ फिल्म्सको प्रस्तुति रहेको चलचिचत्र निर्माण एन्सर्ज गुरुङ र हेमन्त गुरुङले संयुक्त रूपमा गरेका हुन् । माओत्से गुरुङकै लेखनमा तयार भएको फिल्मले औंसिया परेकाको बिहे नहुने र बिहे भइहाले पनि अनिष्ट हुने अन्धविश्वास तोडिनुपर्ने सामाजिक सन्देश बोकेको छ । निर्मातासमेत रहेकी नायिका एन्सर्ज गुरुङले फिल्ममा ‘बाबरी’को भूमिका निभाएकी छन् ।

 

प्रकाशित :कार्तिक २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्