के गर्लिन् साम्राज्ञीले ?

- साप्ताहिक संवाददाता

कार्तिक २९, २०७४- 

अनमोल केसीसँग ‘ड्रिम्स’मा केमेस्ट्री जमेपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा चुलियो । चलचित्र ‘ए मेरो हजुर–२’ को सफलतापछि त साम्राज्ञीलाई अबको सर्वाधिक चर्चित अभिनेत्रीका रूपमा समेत लिन थालिएको छ । त्यसैले त उनलाई चलचित्रका प्रस्ताव आइरहकै हुन्छन् ।

यसबीच कोरियोग्राफर रिनेशा वान्तवा राईको निर्देशनमा निर्माण हुने रोमान्टिक चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’की मुख्य अभिनेत्रीका रूपमा उनी यतिबेला लन्डनमा छायांकन गरिरहेको हुनुपर्नेमा प्रदर्शोन्मुख चलचित्र ‘तिमीसँग’को छुटपुट काममा व्यस्त छिन् ।

किनभने बेलायती राजदूतावासले उनलाई प्रवेशाज्ञा दिन मानेन । ‘इन्टु मिन्टु लन्डनमा’को छायांकनका लागि भनेर उनले प्रस्ताव आएका केही राम्रा चलचित्र छाडिन् भने केही विज्ञापनमा समेत काम गरिनन् । साम्राज्ञीले प्रवेशाज्ञा नपाएपछि चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को छायांकन पनि अनिश्चित भएको छ । अब के गर्लिन् त साम्राज्ञीले ?  

 

प्रकाशित :कार्तिक २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्