फुर्केको पहिलो पोस्टर

- साप्ताहिक संवाददाता

कार्तिक २८, २०७४-

चलचित्र ‘फुर्के’को फष्टलुक सार्वजनिक भएको छ । भद्र भुजेलले निर्देशन गरेको उक्त चलचित्रको पोस्टर चलचित्रका प्रस्तुतकर्ता एम.बि राउतलेसार्वजनिक गरेका हुन् ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य ३ कलाकारलाई देखाईएको छ । चलचित्रमा दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्त लगायतका कलाकारले अभिनय गरेका छन् ।  

देबेन्द्र खड्का र मानबहादुर राउत निर्माता रहेको चलचित्रको सह–निर्माता कल्पना मरहठ्ठा शाही, प्रकाश बस्नेत र आषिस रहेका छन् । चलचित्रका कार्यकारी निर्माता बखत बिष्ट हुन् ।

नबिन पन्तको लेखन, बिष्णु बरालको छायााकन, श्रृजन बरालको नृत्य, रोशन बुधथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन रहेका चलचित्र छ । सुनिल मानन्धरले बितरण गर्ने यो चलचित्र १२ माघबाट देशभर प्रदर्शनमा आउँदैछ । 

 

प्रकाशित :कार्तिक २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्