सुरज श्रेष्ठको कालो कपाल

- साप्ताहिक संवाददाता

कार्तिक २८, २०७४- 

लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक सुरज श्रेष्ठ आफ्नो नयाँ गीत ‘कालो कपाल...’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । २०६१ सालदेखि नै संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका गायक श्रेष्ठको कालो कपाल...गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितिरहेको छ ।

विपिन मर्मका शब्द तथा गायक उदेश श्रेष्ठको संगीत निर्देशनको उक्त पप गीतको म्युजिक भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् । गीतमा उदेश श्रेष्ठकै संगीत संयोजन छ । रोशन श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोमा निशान्त तथा सोनाले अभिनय गरेका छन् । सतिज श्रेष्ठ उक्त भिडियोका सम्पादक हुन् । एशियन म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त भिडियो भिडियोमा किसन भुसालको कोरियोग्राफी छ ।

कालो कपालको म्युजिक भिडियो  

 

 

प्रकाशित :कार्तिक २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्