पहिलो भटैमा वर्षा र कर्माको जोडी

- साप्ताहिक संवाददाता

कार्तिक २८, २०७४-

गायक सञ्जीव पराजुली तथा गायिका टिका प्रसाईंको एक नयाँ युगल गीत सार्वजनिक भएको छ । ‘पहिलो भेटैमा’बोलको उक्त युगल गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ ।  गायक पराजुलीको एल्वम ‘त्यो सपना’ भित्र संग्रहित उक्त गीतमा होमनाथ न्यौपानेको शब्द तथा दीपक भट्टराईको संगीत रहेको छ । 

सार्वजनिक म्यूजिक भिडियोमा अभिनेता कर्मा र अभिनेत्री वर्षा शिवाकोटी जोडीका रुपमा प्रस्तुत भएका छन् । भिडियोमा दिपेन्द्र शाहीको कोरियोग्राफी रहेको छ भने  धन योन्जन तामाङको छायांकन रहेको हुन् । लक्ष्मण पौडेलले निर्देशन गरेको म्यूजिक भिडियो भरत रेग्मीको सम्पादन गरेका हुन् । 

पहिलो भेटैमाको म्यूजिक भिडियो 

 

प्रकाशित :कार्तिक २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्