नाइँ नभन्नु लकी ऋचा

- साप्ताहिक संवाददाता

कार्तिक २८, २०७४-

सुपरहिट चलचित्र ‘नाइँ नभन्नु ल’को पहिलो श्रृंखलाबाट उदाएकी अभिनेत्री ऋचासिंह ठकुरी केही वर्षयता चलचित्र क्षेत्रबाट हराएकी थिइन् । करिब आधा दर्जन चलचित्रमा देखिएपछि उनले सुटुक्क विवाह गरेको चर्चा सुनियो । त्यसपछि ऋचा श्रीमानसँग अस्ट्रेलियामा थिइन् ।

केही समययता भने उनी नेपालमै छिन्, तर मिडियाबाट टाढा । उनको नेपाल बसाइको कारण हो— ‘सुपर गोर्खे’, जुन ऋचा स्वयंले निर्माण गरिरहेको चलचित्र हो र त्यसमा उनी आफैं मुख्य भूमिकामा छिन् ।

आफूमा सुपरहिरोको जस्तो शक्ति छ भन्ने भ्रम बोकेको युवकको सेरोफेरोमा घुमेको यो हास्यप्रधान चलचित्रका निर्देशक ऋचाकै श्रीमान् राज थापा हुन्, जो चलचित्रमा मुख्य भूमिकामा समेत छन् ।

निर्माणको अन्तिम चरणमा पुगिसकेको जोइ–पोइको चलचित्र ‘सुपर गोर्खे’ मंसिरको अन्तिम साता प्रदर्शनमा आउने बताइएको छ । 

 

प्रकाशित :कार्तिक २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्