घरजम गर्दै अर्जुन

- साप्ताहिक संवाददाता

कार्तिक २७, २०७४-

चलचित्र संगीतमा पनि प्रेमका गीतमा निक्कै अगाडी देखिन्छन् अर्जुन पोख्रेल । पछिल्लो पटक उनै अर्जुनको संगीत रहेको रोमान्टिक गीत सार्वजनिक भएको छ । चलचित्र ‘पिंजडा ब्याक अगेन’का लागि उनको संगीत रहेको गीत उनकै स्वरमा सार्वजनिक भएको छ । ‘तिमि नि आधा, म पनि आधा’ बोलको उक्त गीतमा अर्जुनलाई गायनमा अन्जु पन्तले साथ दिएकी छिन् । मुक्त उदासका शब्द सार्वजनिक गीतमा समावेश छन् ।

निखिल उप्रेती र सारा शिर्पाली मुख्य भूमिकामा रहेको चलचित्र ‘पिंजडा ब्याक अगेन’ सार्वजनिक गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । हिमाल केसीको निर्देशनमा तयार भएको चलचित्र माघ ४ गतेबाट रिलिज हुँदैछ । 

मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा चलचित्रमा निखिल तथा साराका अतिरिक्त पुकार भट्टराई, सुष्मिता केसी, भोलाराज सापकोटा तथा बाल कलाकार कुशाग्र भट्टराई मुख्य भूमिकामा छन् । चलचित्रमा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी रहेको छ ।

गीतको भिडियो 

 

प्रकाशित :कार्तिक २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्