तपाईंलाई दिलले जित्छ कि दिमागले ?

- साप्ताहिक संवाददाता

कार्तिक २७, २०७४-

मेरो सन्दर्भमा प्राय: दिलले नै जितिरहेको हुन्छ, तर कतिपय कुराका लागि भने दिमाग नचलाई हुँदैन अर्थात् परिस्थिति हेरेर । 

सुरक्षा पन्त, अभिनेत्री

जित्नुपर्ने त दिमागले हो, तर मलाई दिलले जित्छ । दिलले कोमल ढंगले निर्णय गर्ने हुनाले मैले कतिपय अवस्थामा धोकासमेत पाएको छु । 

थानेश्वर गौतम, संगीतकार/गायक

खासमा दिलले जित्थ्यो, तर अचेलका मानिसहरूले दिल दिएजसो गरेर दिमाग प्रयोग गर्न थालेकाले म पनि दिलभन्दा दिमागको बढी सुन्न थालेको छु । 

गजित विष्ट, अभिनेता

माया दिलले जितेर गर्नुपर्छ । काम दिमाग लगाएर गर्नुपर्छ ।

दीपाश्री निरौला, अभिनेत्री/निर्देशक

म सधैं दिलको कुरा सुन्छु र दिलले नै महसुस गर्छु । कुनै पनि कुरा ह्दयमा महसुस नभएसम्म त्यसको असली अनुभूति गर्न पाइँदैन । दिमागको सुन्दा केही क्षणलाई राम्रो होला, तर त्यो दिगो हुँदैन ।

नीता ढुङ्गाना, अभिनेत्री

दिलको सुन्छु किनभने यो कहिल्यै चेन्ज हुँदैन । दिमागको मुड चेन्ज भैरहन्छ । 

सुनिल थापा, अभिनेता

परिस्थितिअनुसार दिल र दिमाग दुवैको सुन्छु ।

दीपक घिमिरे, मोडल

सधैं दिलको सुन्छु किनभने भावुक मानिसहरू दिमागले सोच्दैनन् ।

पवन शर्मा, अभिनेता

दिमाग त छ, तर दिलको नै बढी सुनिन्छ । म मान्छे नै दिलवाला परेँ ।

गम्भीर विष्ट, कोरियोग्राफर

दिमागले सोच्छ र दिलले उत्तर दिन्छ । 

खुश्बु खड्का, अभिनेत्री

कहिले दिमागले कहिले दिलले ।

उषा खड्गी, पूर्व मिस नेपाल

दिलले, किनभने दिलले नै दिमाग चलाउँछ र त्यसमा शुद्धता पनि हुन्छ ।

सुवास प्रधान, संगीतकर्मी

दिलले भावुक निर्णय लिन्छ । कडा निर्णय लिनुपरेको खण्डमा म दिमागको कुरा सुन्छु । 

अभिमन्यु निरवी, लेखक

त्यो त परिस्थितिअनुसार हुन्छ । 

सुवास थापा, निर्माता 

दुई नजिकका व्यक्तिबीच कहिल्यै झगडा हुँदैन भने सम्झनुहोस् कि त्यो सम्बन्ध दिलबाट होइन, दिमागबाट मात्र टिकेको छ । 

शान्तिप्रिय, गीतकार

दिलकै बढी सुनेर त बारम्बार धोका पाइरहन्छु नि †

सुप्रिम पराजुली, भिजुअल एडिटर

म त दिलकै बढी सुन्छु र दिमागले फिल्टर गर्छु ।

रोशनी कार्की, अभिनेत्री

दिलको मात्र सुन्दा दिल टुट्न सक्छ, त्यसैले दिमाग पनि प्रयोग गर्छु ।

उपकार घमाल, कलाकार

दिलको नै बढी सुन्छु । दिमाग हरेक काममा फाइदा खोज्नेले बढी चलाउँछन् । 

एञ्जिला रेग्मी, गायिका

दिल र दिमागको प्रतिस्पर्धामा जसले जिते पनि आखिर जित मेरै हुन्छ । त्यसैले म कहिले दिलको सुन्छु त कहिले दिमागको ।

बर्षा बस्नेत, सञ्चारकर्मी

दिल र दिमाग बराबर चलाउनुपर्छ । दिल मात्र चलाउँदा धोखा पाइन सक्छ ।

आशिष गौतम सचिन, गायक

कलाकार परेँ हजुर, कलाकारहरू भावनामा छिट्टै बग्छन् । त्यसैले म त दिमागभन्दा दिलकै बढी सुन्छु ।

भीम बीसी, संगीतकार

प्रकाशित :कार्तिक २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्