निर्माता संघमा तीन मनोनयन

- साप्ताहिक संवाददाता

कार्तिक २६, २०७४-

निर्माता संघले संशोधित विधान अनुसार केशव भट्टराईलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको छ । यस्तै, कार्यसमिति सदस्यमा विकासराज आचार्य र निश्चल बस्नेतलाई पनि मनोनित गरिएको छ । दुवैको मनोनयन पनि संशोधित विधान अनुसार नै गरिएको हो । 

यसअघि एक दुईजनामात्र उपाध्यक्ष रहने व्यवस्था थियो भने कार्य समिति सदस्यमा पनि ११ जना सदस्य रहने व्यवस्था थियो । जसमध्ये ९ जना चुनावबाट र दुई जना कार्यसमितिले  छनोट गर्ने व्यवस्था थियो । नयाँ संशोधन अनुसार १२ जना चुनावबाट र २ जना मनोनयनबाट कार्यसमितिमा छनोट हुनेछन् । योसागै निर्माता संघ २१ सदस्यीय कार्यसमितिमा रुपान्तरण भएको छ ।

संघ अध्यक्ष आकाश अधिकारीले निर्माताको हकहितका लागि थप संगठित हुनु पर्ने आवश्यकता महसुस गरि संसोधनमार्फत् कार्यसमिति सदस्यको संख्या बढाएको बताए । ‘हिजोको अनुभव र आजको जोशलाई एक ठाउँ भेला गरेर निर्माता संघलाई गतिशील बनाउन नयाँ सदस्यलाई संघमा आबद्ध गराएका हौं । योसँगै हामीले हाम्रो कार्यकालमा गर्ने भनी अगाडि सारेका एजेन्डामा सक्रियतापूर्वक लाग्नेछौं,’ अधिकारीले भने । 

अधिकारीले बक्स अफिस, फिल्म रिलिज र सेयर बाँडफाँडका सम्बन्धमा सरोकारवालाहरुसँग तदारुकताका साथ वार्ता गर्ने पनि जानकारी गराए । 

 

प्रकाशित :कार्तिक २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्