इशाको यस्तो माग

- एजेन्सी

कार्तिक २६, २०७४-

वर्षौंअघि पूजा बेदीले एउटा कन्डमको विज्ञापनमा अभिनय गरेर तहल्का मच्चाएकी थिइन् । त्यस क्रममा पूजाले थुप्रै आलोचना सहनुपरेको थियो । यद्यपि अहिले परिस्थिति परिवर्तन भैसकेको छ । चलचित्रका अभिनेत्रीहरू कन्डमको विज्ञापनमा काम गर्न सहजै तयार हुन थालेका छन् ।

हालै मात्र बिपाशा बसुले आफ्ना श्रीमान् करण सिंह ग्रोवरसँग कन्डमको विज्ञापनमा काम गरिन् । बिपाशाका अनुसार उक्त विज्ञापनले आमव्यक्तिलाई सुरक्षित यौनसम्बन्धका लागि जागरुक गराउनेछ ।

सनी लियोन पनि कन्डम कम्पनीकी ब्रान्ड एम्बेसडर हुन् । यसबीच उक्त कम्पनी यतिबेला एउटा नयाँ अनुहारको खोजीमा रहेको बताइन्छ । त्यसक्रममा कम्पनीले अभिनेत्री इशा गुप्तासँग सम्पर्क गर्‍यो । इशाको चलचित्र करियर खासै चलेको छैन । चर्चामा आउन हालै मात्र उनले हट, टपलेस तथा न्यूड तस्बिर इन्स्टाग्राममा अपलोड गरेर सनसनी मच्चाइसकेकी छिन् ।

ती तस्बिरका कारण इशा चर्चामा त आइन् नै, उनको लोकप्रियतासमेत बढ्यो । यसैको फाइदा उठाउन उक्त कम्पनीले सनी लियोनको स्थानमा इशालाई ब्रान्ड एम्बेसडर बनाउने प्रस्ताव राख्यो । इशाले पनि मौकाको फाइदा उठाउँदै सनी लियोनले लिएको पारिश्रमिक भन्दा दुई गुणा बढी पारिश्रमिक पाए मात्र काम गर्ने बताइन् । इशाको कुरा सुनेपछि कम्पनीले सनी लियोनसँगै आफ्नो करार अघि बढाउने निर्णय गरेको छ ।

 

 

प्रकाशित :कार्तिक २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्