वर्षिया दीक्षाको नृत्य ‘भाईरल भैदियो’

- साप्ताहिक संवाददाता

कार्तिक २६, २०७४- 

गायक, गीतकार तथा संगीतकार मानस राजको नयाँ गीत ‘भाईरल भैदियो’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा एक युवतीलाई एकोहोरो माया गर्ने युवकले आफ्नो मनको कुरा नृत्य शैलीमा भनिरहेका छन् । 

मनको याद भाईरल भएको भन्दै युवतीको पछि पछि ति युवक देखिन्छन् । गीतमा आठ वर्षिया दीक्षा ठकुरीको सुन्दर नृत्य समेत समावेश गरिएको छ ।

आफ्नै शब्द तथा संगीतमा मानस राजले गाएको उक्त गीतको भिडियोलाई सबिन कार्की ‘बिस्ट’ले तयार पारेका छन् । सबिनको लोभलाग्दो नृत्यसँगै  उनी आाफैले निर्देशन तथा सम्पादन समेत गरेका छन् । गीतका एरेन्जर उदय राज पौडेल हुन् ।

भाईलर भैदियोको म्यूजिक भिडियो 

प्रकाशित :कार्तिक २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्