‘राज्जा–रानी’को पहिलो गीत

- साप्ताहिक संवाददाता

कार्तिक २६, २०७४-

अभिनेता नाजिर हुसेनसँग अभिनेत्री केकी अधिकारीले पहिलो पल्ट जोडी बाधेको चलचित्र ‘राज्जा–रानी’को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रको ‘चिप्पक..चिप्पक’बोलको सार्वजनिक गीतमा नाजिर र केकी दुबैलाई फरक रुपमा प्रस्तुत गरिएको छ । 

तराईको परिवेशमा बनेको उक्त गीतमा दीपक शर्माको सङ्गीत, राजेन्द्र थापाको शब्द तथा  नरहरी प्रेमी र सुमिना लोको स्वर रहेको छ । भिडियोमा विक्रम स्वारको कोरियोग्राफी रहेको छ । 

यम थापाको लेखन र निर्देशन रहेको चलचित्र राज्जा रानीलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । 

‘चिप्पक..चिप्पक’को भिडियो 

प्रकाशित :कार्तिक २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्