सत्यराज रसुप्रियाको प्रेममा ‘गज्जब हुनेछ’

- साप्ताहिक संवाददाता

कार्तिक २६, २०७४- 

गायक सत्यराज आचार्यले मोडल सुप्रिया कटुवालसँग जोडी बाधेको चलचित्र चलचित्र ‘साढे ७’को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक गीतमा अमृत खतिवडाको शब्द, सत्यको संगीत तथा किरण गजमेरको स्वर रहेको छ ।

‘गज्जब हुनेछ’बोलको सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सत्यराज आचार्य र सुप्रिया कटुवाललाई फिचरिङ गरिएको छ । 

साम्तेन भुटियाको निर्देशनमा तयार भएको उक्त चलचित्रले नाकाबन्दीको समयमा एक फाटो पत्रकारले भागेको दु:ख र देखेको समाजलाई प्रस्तुत गरिएको निर्माण पक्षको भनाई छ । 

चलचित्रमा सत्यराज र सुप्रियाको साथमा मेनुका प्रधान, सुनिल थापा, शिशिर वाङदेल, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय रहेको छ । 

सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, नरेशदेव पाण्डे, डिजे सन्तोष र निर्देशक भुटियाको संयुक्त लगानीमा निर्माण भएको चलचित्र  ‘साढे ७’ फागुन ११ गतेबाट प्रदर्शन हुने छ ।  

गज्जब हुने छ को भिडियो 

प्रकाशित :कार्तिक २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्