अबको चुनावमा मतदान गर्दा केलाई प्राथमिकता दिनुपर्ला ?

- साप्ताहिक संवाददाता

कार्तिक २५, २०७४-

पार्टी र हाम्रोभन्दा पनि राम्रो पात्रलाई हेर्नुपर्छ, जो आफूले पाएको मत देश र जनताका निम्ति सही ठाउँमा सदुपयोग गर्न सक्ने खालको होस् । यसपटक मत हालेपछि भविष्यमा पछुताउनु नपरोस् ।

- गणेश राउत

जसले जेसुकै भनून्, हामी नेपाली भेडै हौं । एक थाल मासु–भात र दुई बोतल रक्सी जसले दिन्छ त्यसैलाई छाप हान्ने हो ।

- अशोक पोखरेल

जातजाति र धर्मको नाउँमा राजनीति गर्नेलाई होइन, जसले समृद्धिको लडाइँ लड्छु भन्छ त्यसैलाई मतदान गर्नुपर्छ ।

- केशव पौडेल

देशको विकास र समृद्धिको आशा भनेका नयाँ पार्टीहरू हुन् । त्यस्तै पार्टीका उम्मेदवारलाई जिताउने अभियानतिर लाग्नुमै देशको भलो छ ।

- निर्मल पी. सुवेदी

सबै भूगोल एवं सम्प्रदायलाई मिलाएर लान सक्ने, असल चरित्र भएको व्यक्ति हेर्नुपर्छ । मतदानमा पार्टी प्रमुख हुँदैन, व्यक्ति नै प्रमुख कुरा हो ।

- थापा राम 

जातजाति नहेरी उसले कमाउन उम्मेदवारी दिएको छ कि जनताको सेवाका लागि उम्मेदवारी दिएको हो बुझेर नयाँ अनुहार, त्यसमा पनि युवालाई रोज्नुपर्छ ।

- वाइजर राज चुँडाल

यो वर्ष बिहे गर्ने भनेको ठ्याक्कै मंसिर २१ मा लगन जुरेछ, अहिले नगरे तीन वर्ष जुर्दैन रे, अब म भोट हाल्न जाम कि बिहे गर्न तिर लागम प्रभु ?

- कालु पुर्जा 

नियम पूरा गर्नु मात्र हो मतदान । कुनै नेता छैनन् देशलाई प्रगतिको बाटोमा लाने, सबै कुर्सी मात्र ताकिरहेका छन् ?

- बाबु भावुक

हाम्रोलाई होइन, राम्रोलाई मत दिनुपर्छ । पार्टी हेरेर होइन, व्यक्ति हेरेर असल व्यक्तिलाइ मत दिए मतको सदुपयोग हुन्छ ।

- विश्वराज अधिकारी

बच्चैदेखि लागेको बानीमा परिवर्तन ल्याउनुपर्छ । नयाँपन ल्याउनुपर्छ । हाम्रालाई होइन, राम्रालाई अवसर प्रदन गर्नुपर्छ ।

- भविन राई

व्यक्तिगत, धर्म विशेष तथा जातजातिका आधारमा नभै समग्र समुदायलाई विकासको एउटा निश्चित गन्तव्यसम्म पुर्‍याउन सक्ने असल उम्मेदवारलाई प्राथमिकता दिनुपर्छ ।

- सौजन बस्नेत

राजनीति नै फोहोरी खेलमा परिणत भैसकेको छ । कसको विश्वास गर्नु अब ? मतदान गर्न जान पनि लाजमर्नु भयो । पालैपालो सत्तामा पुगेर आफ्नो भाँडो भर्ने मात्र हुन् सबैले ।

- सीता थापा

हामीले जनताको सबैभन्दा नजिकको सरकार चुन्दै छौं । त्यसैले अबको निर्वाचनमा मतदान गर्दा पार्टीलाई प्राथमिकता नदिउँm, जुन पात्र (उम्मेदवार) सच्चा र इमान्दार छ उसैलाई मतदान गरांै । 

- सोभन योगी

जति गफ दिए पनि पैसामा बिक्ने भोटरको कमि छैन यहाँ, अनि साँच्चै देशलाई माया गर्ने नेता पनि छैनन् । अरू त के भनम् र खै ?

- केदार बोगटी

पार्टी होइन, पात्र हेरेर मत दिनुपर्छ । अर्को दिनदेखि समाजले विकासको परिकल्पना गर्न थाल्छ ।

- पुरन मगर

कुनै राम्रो मान्छे उठेको भए पो भोट दिनु ?

- मगर मास्की

हाम्रालाई होइन, राम्रालाई दिनुपर्छ ।

- डिल्ली पाण्डे

जेसुकै होस्, विकास र शान्ति ल्याउन सक्नेलाई भोट दिइन्छ ।

- मदनराज जोशी

युवालाई दिने हो । 

- मदन गुरुङ

विवेकशील, विकासशील अनि जुझारु उम्मेदवारलाई भोट दिनुपर्छ ।

- शिशिर

पार्टी होइन, उम्मेदवार रोज्नुपर्छ । हाम्रोलाई होइन, राम्रोलाई भोट गर्नुपर्छ ।

- एचबी जिसी, हर्क वाइवा

फरक विचार बोकेका पात्रहरूलाई भोट दिन मन छ । 

- चितवनको साइँलो

समानता र विभेदको अन्त्य हुनुपर्छ, विकासका योजनाहरू सहरमुखी मात्र नभै सबैतिर समान वितरण हुनुपर्छ । यति कुरा गर्न सक्नेलाई मत दिए हुन्छ ।

- आर.आर. पाण्डे

आफू उम्मेदवार भएको क्षेत्रका विविध समस्यामा समन्वय एवं त्यसको समाधान गर्ने तथा भावी योजनाका लागि समय दिने अनि कम्तीमा एक महिनामा पन्ध्र दिन आफ्नो क्षेत्रमा बस्नेलाई मत दिन्छु ।

- श्री बिसु भण्डारी

जसले साँच्चै देशका लागि काम गर्छ उसैलाई भोट दिने नि । 

- फुलु

बौद्धिक ज्ञानयुक्त युवा, विकासका पहरेदार तथा स्थायित्व प्रदान गर्ने जमातलाई जिताउनुपर्छ । 

- अशोक सुस्केरा

पहिलेको चुनावमा अलि विचार पुर्‍याएर ठीक लागेको पार्टीलाई भोट हालेको हो । कसैले केही नापेनन् ।  

-शिवराम शाखकर्मी

नयाँ मानिसलाई । 

-सौरभकुमार अग्रवाल

आफ्नो गाउँ–ठाउँमा पहिले नै केही गरेका तथा गर्न खोज्ने नेतालाई चुन्नुपर्छ । 

- जीवन गुरुङ

प्रकाशित :कार्तिक २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्