कभर कथाले समाजमा लुकेको पुरुष पीडा बाहिर ल्यायो

- साप्ताहिक संवाददाता

कार्तिक २५, २०७४-

समाजमा नारी मात्र होइन पुरुषहरू पनि उत्तिकै पीडामा रहेछन् (फ्रन्टपेज : पीडामा पुरुष) । यस्ता घटना बाहिर नआएको मात्र रहेछ । 

- हेम रोक्का

विदेश जानेहरूमध्ये अधिकांशको घरमा यस्ता घटना भैरहेका छन् (वैदेशिक रोजगारीले निम्त्याएको विखण्डन) । यस विषयमा सचेतना कार्यक्रम चलाउनु जरुरी छ । अन्यथा यो समस्या डरलाग्दो रूपमा फैलँदै जानेमा शंका छैन । 

- अनुराग

परम्परागत नृत्यको जगेर्ना आवश्यक छ (च्यासल टोलमा रोमान्टिक नृत्य झ्याल्चा) । यसका लागि स्थानीय क्लब, संघ–संस्था तथा सरकारी तहबाटै गम्भीर पहल हुनुपर्‍यो । 

- रमेश शर्मा

मन्दिर परिसरमा यस्तो क्रियाकलाप राम्रो होइन (समय सन्दर्भ : मनकामना दर्शनको कथा) । पवित्र स्थलमा यस प्रकारको जबरजस्ती बन्द हुनुपर्छ । मन्दिर आस्थाले जाने हो । अरूको आस्थामाथि व्यापार गर्न बन्द गर्नुपर्छ । 

- शर्मिला साम्पाङ

छक्कापञ्जा– २ को जस्तो गीत चोरीको आरोप नलागोस् (अन्तर्वार्ता : कलात्मक चलचित्र बनाएर सडकमा आउन चाहन्नँ) । व्यापार गर्ने मात्र होइन आमदर्शकलाई केन्द्रमा राखेर जनचेतना जगाउने खालका चलचित्र पनि बनाउनुपर्‍यो । 

- माधव धिमाल

वीरगन्जका तन्नेरीहरूलाई सलाम छ (संस्कृति जोगाउँदै वीरगन्जका युवा) । स्वत:स्फूर्त रूपमा संस्कृति जोगाउने काममा लागेर प्रशंसनीय काम गर्नुभएको छ ।

- विवेक हमाल

कम आयस्रोत भएका नागरिकलाई यस्ता मेलाले राहत दिन्छन् (सय रुपैयाँमा जुत्ता–चप्पल) । बेलामौकामा यस्ता महोत्सव भैरहनुपर्छ । महँगीको मार खेपिरहेका सर्वसाधारणका लागि यो जुत्ता मेला उपयुक्त गन्तव्य हुन सक्छ ।

- दिनेश रेग्मी

जेफ बेजोसको कथा प्रेरणादायक छ (अमेजनका मालिक सर्वाधिक धनी) । उनी आमयुवाका लागि प्रेरणाको स्रोत बनेका छन् । उनको संघर्षले सबैमा आँट र साहस थपिएको छ । बेजोसले गरे के हुँदैन भन्ने कुरा प्रमाणित गरेका छन् । 

-रामकाजी लामा

लोकगीतलाई पनि चलचित्रमा स्थान दिनुपर्छ (लोकगीत भर्सेज आइटम गर्ल) । नेपाली गीतसंगीतलाई स्थापित गर्नुपर्छ । 

- सुनिल 

यो एकदमै सकारात्मक कुरा हो (म्युजिक डायरी : ठाडो भाकाको प्रतिस्पर्धा) । यस्तो प्रतियोगिता राष्ट्रव्यापी रूपमै आयोजित होस् । 

 -सुजित

मानिसले जीवनमा जे–जे भोग्छ, त्यो सबै अविरलजीको लेखमा पाइयो (मुक्त आकाश : सम्झनाका छायाँहरू छातीभरि धूवाँजस्तै) । माया देखाउँदै हिंड्ने होइन, यो त अनुभूति गर्ने कुरा हो । 

-अनन्त

ओहो ! यत्ति महँगो पहिरन (महँगो पहिरन) † यो हाम्रो कल्पनाभन्दा बाहिरको कुरा हो । 

- बिमल चापागाईं

सबैभन्दा ठूलो विमानसम्बन्धी जानकारी पाइयो (सबैभन्दा ठूलो विमान) । साप्ताहिकमा यस्तै रोचक तथ्यहरू पढ्न पाइयोस् ।

 -रेशम शिशिर

मोबाइलको ब्याट्री कसरी जोगाउने जानकारी पाइयो (ब्याट्री म्यानेज) । आगामी अंकमा पनि यस्तै टिप्स पढ्न पाइयोस् । 

 -कोपिला खड्का

फेसबुक फन्डा मन पर्‍यो । 

 - नरजित राई

हिमाल घिमिरेको कथा मन पर्‍यो (कथा : समय कथा) । युवाहरूका यस्तै कथा फेरि पनि पढ्न पाइयोस् । 

- अविरल यात्री

प्रकाशित :कार्तिक २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्