आर्शिवाद र समृद्धि फेसनमा नयाँ अनुहार घोषित (फोटो फिचर)

- साप्ताहिक संवाददाता

कार्तिक २४, २०७४-

हाउस अफ फेसनले आयोजना गरेको मोडलिङ प्रतियोगितामा आशिर्वाद बराल र  समृद्धि रावल नयाँ अनुहार घोषित भएका छन् । 

होटल अन्नपूर्णमा आयोजना भएको फेसन सो सहित आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ अनिल गुरुङ र महिलातर्फ अस्मिता गुरुङ फस्ट रनर अप भए भने पुरुष तर्फ प्रशान्तजंग शाह र महिला तर्फ भाग्य कक्षपति सेकेन्ड रनरअप भएका थिए । उपाधि विजेता बराल र रावलले ५० हजार रुपैंया सहित हाउस अफ फेसनको एम्बेस्डरका रूपमा एक बर्ष काम गर्नेछन् ।

मोडलिंग प्रतियोगितामा विभिन्न डिजाइनरहरुले आफ्नो डिजाइन पनि प्रस्तुत गरेका थिए । विभिन्न १० वटा सिक्वेन्समा भएको फेसन सोमा फेसन डिजाइनर मनिता थापाले ‘रेडी टु वेयर’, अनुग्रह अधिकारीको ‘फ्रिडम इज अल यु निड’ लगायत उत्कृष्ट वीरविक्रम शाहीले ‘रेड कार्पेट’ थिममा आफ्नो डिजाइनहरु प्रस्तुत गरेका थिए । 

६७ जना मोडलहरुको अडिसन लिएर आयोजना गरिएको यो फेसन सोमा ३८ जना महिला मोडल र २७ जना पुरुष मोडलहरुले सहभागिता गरेका थिए । मोडलिंग प्रतियोगितामा महिलातर्फ अल्बिना क्षेत्री कन्फिडेन्ट, जस्मिन गोले गुरुङ ट्यालेन्टेड, एन्जेलिका सिन्हा इन्टेलेक्चुवल, रशु शाक्य फोटोजेनिक, रेश्मा थापा फ्रेन्ड्ली, शिवांगिनी मल्ल स्टाइलिस, अस्मिता गुरुङ पब्लिक च्वाइस, सुस्मिता लामा वाक, शिक्षा लामा तामाङ हेयर एन्ड स्किन, ज्योत्स्ना महर्जन इनर्जेटिक र बिनिशा शाक्य पपुलर बनेका थिए ।  

यसैगरी पुरुष तर्फ रोजेश श्रेष्ठ फ्रेन्ड्ली, आशिर्वाद बराल ट्यालेन्टेड, ऋतिक बस्नेत स्टाइलिस, सुमित शर्मा कन्फिडेन्ट, प्रशान्तजंग शाह इन्टेलेक्चुअल, प्रशन्न राई वाक, समिसन जिसी फोटोजेनिक, प्रभात पल इनर्जेटिक र पपुलर, आयुष प्रधान हेयर एन्ड स्किन र प्रतीक प्रधान पब्लिक च्वाइस घोषित भएका थिए ।

 

प्रकाशित :कार्तिक २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्