ऋषिराजको ड्रिम गर्लमा आश्मा र आकाश

- साप्ताहिक संवाददाता

कार्तिक २४, २०७४- 

निर्देशक ऋषिराज आचार्यले आफ्नो ‘ड्रिम गर्ल’मा आश्मा र आकाशको जोडि बाध्ने भएका छन् । यसै साता राजधानीमा चलचित्र ‘ड्रिम गर्ल’को शुभमुर्हत गरेका आचार्यले आश्मा गिरी र आकाश श्रेष्ठलाई मुख्य कलाकारका रुपमा फाईनल गरेका हुन् । 

दक्षिण भारतको रिल एण्ड रियल सिनेमा नामक कम्पनी र निर्देशक ऋषिराजको आरबि मुभीजको ब्यानरमा निर्माण हुने चलचित्रको मुख्य निर्मातामा अर्जुन शर्मा र निर्देशक आचार्य स्वयम् छन् । त्यस्तै, सहनिर्मातामा रामेश्वर धिताल र रिल एण्ड रियल सिनेमाका तर्फबाट अन्टो रोचा रोवन छन् । 

ड्रिमगर्लमा आकाश र आश्माका साथमा सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, रुपा सुवेदी, पूजा पराजुली, लक्ष्मी गिरी, सुरवीर पण्डित प्रमुख भूमिकामा छन् ।

प्रकाशित :कार्तिक २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्