झ्यानाकुटी पोष्टरको चर्चा

- साप्ताहिक संवाददाता

कार्तिक २४, २०७४- 

मङ्सिरमा १ मा रिलिज हुने भनिएको चलचित्र ‘झ्यानाकुटी’ को पोष्टरमा प्रयोग भएको फोटो स्टाइलले यतिबेला सर्वत्र चर्चा पाइरहेको छ । पोष्टरमा चलचित्रका अभिनेता सौगात मल्ललाई अभिनेत्री बेनिशा हमालले बोकेकी छिन ।

बेनिशाले सौगातलाई बोकेको तस्वीर झट्ट हेर्दा केहि अनौठो लागेता पनि यो नै यतिबेला चलचित्र पब्लिसिटीको माध्यम बनेको छ । आफ्नो तस्वीरको स्टाइल हिट भएपछी निर्माण टीमले केहि समय अगाडी देखि नै उक्त स्टाइललाई कपि गर्दै आफ्नो प्रेमी वा श्रीमानलाई प्रेमिका वा श्रीमानले बोकेको तस्वीर फेसबुकमा अपलोड गरेको मध्यमा सबै भन्दा बढी लाइक पाउनेलाई ५१ हजार नगद दिने पनि घोषणा गरिसकेको छ । 

यो फोटो कन्टेस्टले चर्चा पाइरहदा यतिबेला निर्माण टीमलाई साथ् दिदै सेलिब्रेटीले आफ्नो नजिकका कलाकारलाई झ्यानाकुटी पोजमा बोकेका छन् । अभिनेत्री प्रियंका कार्कीले दीपकराज गिरीलाई उक्त पोजमा बोकेकी छिन भने अमेरिकामा रहेकी अभिनेत्री नीता ढुंगानाले निर्देशक श्याम भट्टराईलाई बोकेकी छिन । 

उनीहरुले चलचित्र युनिटलाई सहयोग गर्दै ‘झ्यानाकुटी पोज’ मा खिचिएको तस्वीरलाई फेसबुक मार्फत सार्वजनिक गरेका छन् । बेनिशा यसरि सहकर्मी सेलिब्रेटीबाट सहयोग पाउदा निकै दंग छिन । 

 

प्रकाशित :कार्तिक २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्