आजबाट फिल्म हलमा मेला

- साप्ताहिक संवाददाता

कार्तिक २४, २०७४-

निर्देशक : वसन्त निरौला 

संगीत : अर्जुन पोखरेल 

कलाकार : सलोन बस्नेत, अशिष्मा नकर्मी, आमेश भण्डारी, बसन्त भट्ट तथा निरज श्रेष्ठ आदि ।

आत्मिय साथीहरूबीच एउटै प्रेमिका प्राप्तिका लागि हुने झगडा वा त्यागमा आधारित रहेर निर्देशक बसन्त निरौलाले चलचित्र ‘मेला’को निर्देशन गरेका छन् । ‘ए मेरो हजुर दुई’ पछि धेरैको मनमा राज गरिरहेका अभिनेता सलोन बस्नेतको मुख्य भूमिकाको चलचित्र मेलामा अशिष्मा नकर्मी र आमेश भण्डारी पनि छन् । हरि पन्तले निर्माण गरेको चलचित्र ‘मेला’मा आमेश र सलोन एउटै कलेजमा अध्ययन गर्ने सुख–दु:खका साथी हुन्छन् । 

मोजमस्ती र रमाइलो गर्न रुचाउने यी दुई मित्रबीच अशिष्माको प्रवेश हुन्छ । केही समय अशिष्मा पनि दुवैसँग साथीको व्यवहार गर्दै रमाइलोसँग समय बिताउँछिन् । यसबीच आमेशले अशिष्मालाई प्रेम गर्न थाल्छ भने सलोन पनि अशिष्मालाई मनपराउन थाल्छन् । आमेश अनायसै बेपत्ता भएपछि सलोन र अशिष्मा उनको खोजीमा लाग्छन् । यही परिवेशमा यो चलचित्रको कथा अघि बढ्दै जान्छ । 

चलचित्र मेलामा गजित बिष्ट र पवित्रा आचार्यले एउटा गीतमा नृत्य गरेका छन् । अर्जुन पोखरेलको संगीतमा अञ्जु पन्त र रामचन्द्र काफ्लेले गाएको ‘परिचय पाउँ न’ बोलको उक्त गीतले चर्चासमेत पाइरहेको छ । पवित्रा आचार्य चलचित्र मेलाकी कोरियोग्राफर पनि हुन् । 

प्रकाशित :कार्तिक २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्