मिस ज्यापु ग्राण्ड फिनालेको तयारीमा

- साप्ताहिक संवाददाता

कार्तिक २३, २०७४- 

करिब पाँच साता लामो तयारी पश्चात् तेस्रो संस्करणको मिस ज्यापु प्रतियोगिता ग्राण्ड फिनाले तर्फ नजिकिएको छ । ज्यापु समुदायका नयाँ पुस्ताका युवतीहरुमा ज्यापु समुदायको मौलिक कला संस्कृति, परंपरा, रहनसहन, जातियता आदिको महत्वका बारेमा सचेतना, उनीहरुको आत्मविश्वास अभिवृद्धि, व्यक्तित्व विकास, प्रतिभा प्रस्फुटन लगायतका पक्षमा केन्द्रित यो प्रतियोगितामा १७ जना युवतीहरुको सहभागिता रहेको छ । 

प्रशिक्षणको अवधिमा सहभागिहरुले नेपाल भाषा, ज्यापु समुदायको मौलिक सांस्कृतिक पक्षका विविध कुराहरुमा सहभागिहरु साक्षात्कार भएका थिए । प्रशिक्षणकै अवधिमा महिला सशक्तिकरण, व्यक्तित्व विकास, राजनीतिक सचेतना, स्तन क्यान्सर, फेसन, फिटनेस, मेकअप, योग साधना, संचार कला लगायतका विषयमा सहभागिहरु जानकार भएका छन् । 

यसैवीच सहभागिहरुले मिस ट्यालेन्ट अवार्डका लागि आफ्नो प्रस्तुति पनि दिइसकेका छन् । जस अन्तर्गत अधिकांश सहभागिले नृत्य तथा गायन प्रतिभा प्रस्तुत गरेका थिए । नास: मण्डलको आयोजना आउादो कार्तिक २६ गते हुँदै छ ।

 

प्रकाशित :कार्तिक २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्