बोक्सीको कथामा अग्नीदहन

- साप्ताहिक संवाददाता

कार्तिक २३, २०७४-

सामाजिक सचेतानात्मक  चलचित्र ‘अग्नीदहन’को पोस्टर रिलिज गरिएको छ । यो चलचित्रलाई अर्को सन्देशमुलक चलचित्र ‘धौली’का निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेका छन् । चलचित्रमा कथा, पटकथा र संवाद लोकमणि पौडेलको रहेको छ  भने परिकल्पना  कोवितशरण उपाध्यायको रहेको छ । 

समाजमा व्यप्त बोक्सी प्रथा माथि निर्माण भएको यो चलचित्रले समाज परिवर्तनका लागि सहयोग गर्ने निर्माण पक्षको दाबी रहेको छ । चलचित्रका संरक्षक भुवनेश्वर शर्मा पौडेलले अबको १५ बर्ष भित्र नेपालका सबै जिल्लाबाट बोक्सी प्रथालाई पूर्णरुपमा अन्त्य गर्ने उदेश्य रहेको बताएका छन् । 

चलचित्रमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, माउत्से गुरुङ, तुलसा क्षत्री, प्रकाश घिमीरे लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा दिर्घ गुरुङको छायांकन, जेशन कुँवरको पाश्र्व संगित, दीर्घ खड्काको सम्पादन तथा उत्तम न्यौपानेको ध्वनि मुद्रण रहेको छ ।

 

प्रकाशित :कार्तिक २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्