त्रिलोक अब अभिनेता

- साप्ताहिक संवाददाता

कार्तिक २३, २०७४-

५ फिट १० इन्च अग्ला एक जना मोडल नेपाली चलचित्रमा अभिनेताका रूपमा पदार्पण गर्न तयार छन् । एक दर्जन फेसन शोमा क्याटवाक गरिसकेका कैलालीका त्रिलोक यतिबेला चलचित्र अमेरिकन ब्वाइजमा सहायक निर्देशकका रूपमा कार्यरत छन् ।

केही म्युजिक भिडियो तथा छोटा चलचित्रमा अभिनय गरिसकेका त्रिलोकलाई निर्माता सुनिल रावलले पर्दामा ल्याउने घोषणा गरेका छन् ।

फिजिकल फिटनेसमा रुचि राख्ने त्रिलोकले शारीरक सुगठनको सौख पूरा गर्ने उद्देश्यले आफ्नै जिमशालासमेत सञ्चालन गरेका छन् । प्रशान्त ताम्राकारसँग मोडलिङको प्रशिक्षण लिएका त्रिलोक अहिले अभिनय प्रशिक्षणमा सक्रिय छन् । 

 

प्रकाशित :कार्तिक २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्