दर्शकले नरुचाएको जोडी पुन: पर्दामा

- साप्ताहिक संवाददाता

कार्तिक २२, २०७४-

पछिल्लो समय ‘आधा लभ’मा पूर्ण लभ गरेका अर्पण थापा र ऋचा शर्मा फेरि जोडीका रुपमा प्रस्तुत हुने भएका छन् । यो जोडीलाई लिएर निर्देशक पुरन थापाले ‘फेरिफेरि’निर्माण गर्ने भएपछि अर्पण र ऋचाको जोडी पनि फेरि दोहोरिएको हो ।

‘आधा लभ’ हुँदै ‘फिर्के’सम्म आउँदा पनि दर्शकले खासै नरुचाएको यो जोडीलाई यसपटक दर्शकले कस्तो साथ दिने हुन् त्यो भने हेर्नै बाँकी छ । 

यसअघि कमेडी जानराका केहि चलचित्र बनाएका निर्देशक थापाले ‘फेरिफेरि’मा अर्पण र ऋचाको जोडीलाई कमेडी जोडीका रुपमा प्रस्तुत गर्ने छन् । चलचित्रमा अर्पण र ऋचासहित ओम प्रतीक गुरुङ, धर्मेन्द्र आचार्य र स्वयं पुरन प्रमुख भूमिकामा देखिने भएका छन् । 

 

प्रकाशित :कार्तिक २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्