‘कागजपत्र’मा बाँधिदै नाजिर र शिल्पाको जोडी

- साप्ताहिक संवाददाता

कार्तिक २२, २०७४- 

‘झुम्की’का निर्देशक अपिल विष्टले ‘कागजपत्र’ नामक नयाँ चलचित्र बनाउने भएका छन् । राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरि विष्टले ‘कागजपत्र’को निर्माणको औपचारिक घोषणा गरेका हुन् । ‘कागजपत्र’मा अभिनेता नाजिर हुसेन र नव–अभिनेत्री शिल्पा मास्केको जोडी प्रस्तुत हुने भएका छन् । साथमा भोलाराज सापकोटा, सरिता गिरी, आर्जेश रेग्मीलगायतका कलाकारले पनि अभिनय गर्ने छन् । 

अभिनेत्री शिल्पा मास्केले यसै ‘कागजपत्र’ मार्फत चलचित्र नगरीमा डेब्यू गर्दै छिन् ।

हुनत चलचित्र ‘लिलिबिली’मा पनि उनको चर्चा थियो ।  निर्देशक मिलन चाम्सको ‘लिलिबिली’मा शिल्पाको चर्चा, चर्चामै सिमित रह्यो । रोहित अधिकारीले निर्माण गर्न लागेको ‘ब्रेकअप’मा भने उनले अभिनयका लागि सम्झौता गरेकी छिन् । रोहितको यो चलचित्रको काम अझैं सुरु नभएको अवस्थामा शिल्पा ‘कागजपत्र’मा अनुबन्ध भएकी हुन् । 

खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजाप्रति सिवाकोटीको सयुक्त लगानी रहने यो चलचित्रले सामजिक प्रेमकथा भन्ने निर्माण पक्षको भनाई छ । कात्तिक २३ देखि फ्लोरमा जाने तयारीमा रहेको ‘कागजपत्र’ लाई दाङ, तुलसीपुरका साथै राजधानी आसपासको क्षेत्रमा छायांकन गरिने बताईएको छ । 

प्रकाशित :कार्तिक २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्