हलोविनमा खेलाडीहरू

- साप्ताहिक संवाददाता

कार्तिक २२, २०७४-

क्यानाडाकी टेनिस खेलाडी युगिनी बौउचर्डले टेनिस खेलबाट केही समय विश्राम लिने क्रममा आफूलाई हलोविन पार्टीमा मस्त बनाइन् । त्यस क्रममा २३ वर्षीया युगिनी लोकप्रिय अमेरिकी टेलिश्रृंखला वे वाचकी कलाकार पामेला एन्डरसनका रूपमा प्रस्तुत भइन् । उनले आफ्ना साथीहरूलाई समेत वे वाचका कलाकारहरूले लगाउने पहिरन उपहार दिएर फोटो सुट गर्न भ्याइन् ।

मनी म्यानको उपनाम पाएका फ्लोड मेवेदरले पनि हलोविनको अवसरमा आफूलाई विभिन्न वेशभूषामा प्रस्तुत गरिरहेका छन् । प्रोफेसनल बक्सिङबाट संन्यासको घोषणा गर्ने योजनामा रहेका मेवेदरले हलोविनमा दिएको प्रस्तुति रोमाञ्चकसमेत थियो । पहिलो पटक सिल्भेस्टर क्याटको रंगरूपमा देखा परेका मेवेदर त्यसपछि रिड्लर र अहिले लडाकु ग्लाडिएटरको पहिरनमा प्रस्तुत भएका छन् ।

 

प्रकाशित :कार्तिक २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्