अभिनयमै फर्किइन् पवित्रा

- साप्ताहिक संवाददाता

कार्तिक २२, २०७४-

त्यसो त पवित्रा आचार्य विगतमा विजयपथ, राजनीति, आवेग आदि चलचित्रमार्फत अभिनेत्रीका रूपमा दर्शकमाझ आइसकेकी हुन् ।

निर्देशक वसन्त निरौलाकी यी जीवनसंगीनीले चलचित्रको अभिनयमार्फत दर्शकको मन पनि जितिन् । यद्यपि नृत्यमा पारंगत भएकाले पवित्राले आफूलाई नृत्य निर्देशन अर्थात् कोरियोग्राफीमा सक्रिय गराइन् ।

कोमल वलीका तीज गीतदेखि केही चलचित्रमा कोरियोग्राफी गरिसकेकी पवित्रा अहिले आएर पुन: अभिनयमै फर्किएकी छिन् । हालै युरोपमा छायांकन सम्पन्न चलचित्र होलिडेमार्फत पवित्रा पुन: अभिनेत्रीका रूपमा दर्शकमाझ आउने भएकी हुन् ।

यो चलचित्रमा उनले अभिनेता गौरव पहारीसँग अनस्क्रिन रोमान्स गरेकी छिन् । होलिडे एकल अभिनेत्रीका रूपमा प्रस्तुत भएको पवित्राको पहिलो चलचित्र हो । 

 

प्रकाशित :कार्तिक २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्