विप्लवको उपन्यास ‘अविजित’

- साप्ताहिक संवाददाता

कार्तिक २१, २०७४-अमेरिका बसाइका क्रममा कवि विप्लव प्रतीकले लेखेको पहिलो उपन्यास हो, ‘अविजित’ । आठ पटक परिमार्जन गरिएको यो उपन्यासमा विप्लवले आफूले देखेको, कल्पना गरेको जीवनका बारेमा लेखेका छन् । त्यससँगै उनले आफ्नो बुबा कृष्णप्रसाद सर्वहाराको कथा पनि समेट्ने प्रयास गरेका छन् । आफूले देखेका र अरूबाट आफ्ना बुबाका सम्बन्धमा सुनेका कुरा उनले उपन्यासमा उतारेका छन् । 

पुस्तकले इतिहासको एउटा कालखण्डलाई चित्रित गरेको छ । उपन्यासका मूल पात्र ‘अविजित’ राजनीतिक रूपले सचेत पात्र हुन्, जसले काठमाडौंकै कथा भन्छन् । काठमाडौंका स–साना गल्लीका रेस्टुराँ, देशमा भएका राजनीतिक आन्दोलन तथा परिवर्तनको कथा यो उपन्यासमा समेटिएको छ । 

यसअघि कवि प्रतीकका नहारेको मान्छे (कविता संग्रह), केही फुटकर कविता, फ्रेन्च तथा रूसी भाषाका कविताहरू प्रकाशित छन् । बुक–हिल पब्लिकेसनले बजारमा ल्याएको यो पुस्तकको मूल्य ४ सय रुपैयाँ छ । 

 

प्रकाशित :कार्तिक २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्