मन जित्दै अनिल र रविनाको सेल्फी क्विन

- साप्ताहिक संवाददाता

कार्तिक २१, २०७४- 

भ्वाइस अफ नेपालको उपाधि विजेता सञ्चारकर्मी नरेश भट्टराईद्वारा रचना गरिएको एउटा रोमान्टिक यूगल गीत ‘सेल्फी क्विन....’ को म्युजिक भिडियोले कम समयमै दर्शकको मन जित्न सफल भएको छ ।

लोकप्रिय पप गायक अनिल सिंहको संगीतको उक्त गीतमा अनिल सिंह तथा गायिका रविना थापाको स्वर सुन्न सकिन्छ ।

बजारमा आउन लागेको गायक अनिल सिंह तथा गायिका रविना थापाको नयाा एल्बम फलो मिमा समावेश गरिएको उत्तस् गीतको म्युजिक भिडियोलाई सञ्चारकर्मी सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा हास्य अभिनेता सन्दिप क्षेत्री, भिडियोजक्की सुशील नेपाल तथा राजेश थापाको अभिनय रहेको छ। गायक सिंह तथा गायिका थापालाई पनि भिडियोमा फिचर गरिएको छ ।

अर्जुन तिवारी तथा टिमद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । सुरेन बसेल यो भिडियोका कोरियोग्राफी गरेका हुन् ।

 

सेल्फी क्विनको म्यूजिक भिडियो 

प्रकाशित :कार्तिक २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्