आइइसी कलेजको फेसन शो

- साप्ताहिक संवाददाता

कार्तिक २१, २०७४-

राजधानीमा ‘आइइसी डिजाइनस् रनवे सेसन ७’ फेसन शो हुने भएको छ । आइइसी कलेज अफ फेसन एण्ड आर्टको आयोजनामा उक्त फेसन शो आगामी २२ डिसेम्बरमा हुने छ ।

उक्त शोमा कलेज अध्यायनरत २०१७ मा पास आउट हुने बिद्यार्थीले तयार पारेका बिभिन्न अन्तराष्ट्रिय डिजाइनहरु प्रदर्शन  र प्रवर्धन गरिने बताइएको छ । इभेन्टमा ५१ विद्यार्थीले तयार पारेका ३१ प्रकारका पहिरन प्रदर्शन गरिने कलेजकी प्रवन्ध निर्देशक शैलजा अधिकारीले बताएकी छिन् । 

उक्त इभेन्टका लागि मोडल छान्नका लागि राजधानीमा एक अडिसन समेत सम्पन्न भएको छ । नेक्स्ट मोडल्स् नेपालका अध्यक्ष रवी धमला, कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटो ग्राफर राजभाइ सुवाल, कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, दीपक शर्मा लगायत निर्णायक रहेको १५० नयाा तथा पुराना मोडल सहभागी अडिसनबाट २४ मोडल फेसन शोका लागि छानिएका छन् । 

 

प्रकाशित :कार्तिक २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्