मोबाइल वा ल्यापटपका ब्याट्री म्यानेज

- साप्ताहिक संवाददाता

कार्तिक २०, २०७४-

 

 

 मोबाइल वा ल्यापटपको ब्याट्रीलाई कहिल्यै शून्य चार्जको अवस्थामा पूरै चार्ज गर्नु हुँदैन, यसले ब्याट्रीको आयु घटाउँछ ।

 

 ब्याट्रीलाई ४० प्रतिशतसम्म मात्र चार्ज गर्नु उपयुक्त हुने विज्ञहरू बताउँछन् ।

 

 ब्याट्रीलाई लामो समयसम्म टिकाउन चार्जलाई २० प्रतिशतभन्दा तल झर्न दिनु हुँदैन ।

 

 हामीमध्ये धेरैमा मोबाइललाई रातभरि चार्जमा राख्ने बानी हुन्छ अहिले कतिपय मोबाइलमा ब्याट्री चार्ज भैसकेपछि आफैं बन्द हुने प्रविधि हुन्छ तर फोनलाई तात्न नदिन चाहिनेभन्दा बढी चार्जमा नराखेकै उपयुक्त हुन्छ ।

 

 मोबाइल चार्ज गर्दा आफ्नै फोनको चार्जर मात्र प्रयोग गर्नुपर्छ, अन्य कमसल चार्जरको प्रयोगले मोबाइल सर्ट भएर आगलागीको सम्भावना बढ्छ ।

 

 धेरै लामो समयसम्म फोनको चार्जलाई शून्यमा राख्नु हुँदैन, यसले फोनको ब्याट्रीको आयु घटाउँछ ।

 

 ब्लुटुथ, वाईफाई तथा जीपीएस अनावश्यक समयमा अफ गर्नुपर्छ, यिनीहरूले मोबाइलको ब्याट्री खपत बढी गराउँछ ।

 

 मोबाइलमा चार्जको खपत रिङटोनमा भन्दा भाइब्रेसनमा बढी हुन्छ, अत: भाइब्रेसनको कम प्रयोगले पनि ब्याट्रीको चार्ज लामो समय टिकाउन मद्दत गर्छ ।

प्रकाशित :कार्तिक २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्