अबको चुनावमा मतदान गर्दा केलाई प्राथमिकता दिनुपर्ला ?

- साप्ताहिक संवाददाता

कार्तिक २०, २०७४- 

विगत २८ वर्षदेखि देशलाई लुटेर कंगाल अनि विश्वकै गरिब देश बनाउन सक्रिय ८० वर्ष कटेका कुनै भिजन नभएका तर परिवार, नातागोता अनि आफ्ना कार्यकर्ताको मात्र ख्याल गर्ने स्वार्थी पुरानै नेताहरूलाई नै जिताउने ।

टंक गिरी

डन, गुन्डा, बलात्कारी, भ्रष्टाचारी एवं दलालहरूलाई प्राथमिकतामा राखेर मतदान गर्नुपर्छ, देश १० वर्षमा स्विट्जरल्यान्ड बन्छ ।

ईश्वर शाही ठकुरी 

पार्टी हेर्नुपर्छ । साना पार्टीले स्थान मात्र खोज्ने हुनाले काम गर्दैनन् । बरु ठूलो एउटै पार्टी हेरेर बहुमत दिन सके केही विकास हुन्थ्यो कि ?

कैलाश पर्वत

मेरो कांग्रेस, मेरो एमाले, मेरो माओवादी अनि मेरो नेतालाई प्रथमिकता दिनुपर्छ अनि मात्र बन्छ देश ।

गौरव मिश्र

गुन्डाहरूलाई मत दिनुपर्ने हुन्छ । रास्ट्रवाद जोगाउनेहरू तिनै हुन् ।

नगेन थापा

सधैंझैं आफू कुन झुन्डमा छु, देशलाई भन्दा पनि को शक्तिमा पुग्दा आफूलाई फाइदा हुन्छ भनी जनताले आफ्नो स्वार्थलाई प्राथमिकतामा राखी भोट गर्दा ठीक हुन्छ ।

परिमल क्षेत्री

दुई बोतल रक्सी, दुई छाक मासुभात, दुई–चार हजार पैसा जसले दिन्छ उसैलाई मत दिने । 

पुरु

पहिले गाँठ अनि मात्र छाप ।

मगर मास्की मिन

चाहेको पार्टीलाई प्राथमिकता दिने नि ।

धीरेन्द्र

स्वस्तिक छापलाई, नत्र मत बदर हुन्छ ।

सागर अधिकारी

काम गर्ने व्यक्तिलाई भोट दिने हो । 

विवेक जिसी

चुनाव चिह्नलाई प्राथमिकता दिने ।

सुदीप तामाङ 

जसले जनता तथा व्यापारीहरूलाई थर्काएर नेतागिरी गर्छ उसैलाई मत दिने ।

मदन मल्ल

चुनाव चिन्हलाई प्राथमिकता दिनुपर्छ ।

गोविन्द 

विकास, शान्ति र सुशासन ।

अंकित

देशको रक्षा गर्ने अनि जनताको समिपमा रहने व्यक्तिलाई ।

सन्तोष पराजुली

जताबाट आउँछ ठूलो गाँठ उतै लगाउनुपर्छ छाप । 

विक्रम सुवेदी

बोरामा पैसा बोकेर आउनेलाई ।

सुधीर पाठक

जोसुकैलाई दिए पनि के मतलब ?

डल्ली कान्छी

असल व्यक्तिलाई ।

उमेश राउत

हाम्रालाई होइन राम्रालाई भोट दिनुपर्छ । पार्टी हेरेर होइन काम हेरेर भोट खसाउनुपर्छ ।

कृष्ण खत्री

जुन भेडाको भुत्ला जति पटक काटेर, जहाँबाट ल्याए नि भेडो भेडो नै हो, कस्तुरी बन्ने होइन । केलाई प्राथमिकता दिनु ? दोधारमा परियो ?

यायावबर

हाम्रो नभनी राम्रोलाई जिताउने हो यसपालि त ।

रोशन रूपाखेती

सीताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस–सुन्तली ) जस्ता काम गर्ने व्यक्तिलाई दिन मन थियो तर कोही फेला परेका छैनन् । 

कमल 

भ्रष्टाचारी तथा काम नलाग्ने नेतालाई ।

मिलन बोहरा

सक्षम युवा नेतृत्वलाई ।

अशोक सुस्केरा

राष्ट्र र जनताका लागि नि:स्वार्थ राजनीति गर्ने व्यक्ति हेर्नुपर्छ ।

प्रवेश निशेध 

बिग्रिएका नेतालाई मत नदिने अब ।

राजेन्द्र

सही उम्मेदवार छनोट गर्ने ।

अनिल

बहुमतको स्थिर सरकार होस् । राम्रो नेतृत्व छनौट गर्नुपर्छ । 

पुष्पा बस्याल

नेपाली जनताको भलो हुने नेता छान्नुपर्छ । 

वीरेन्द्र

प्रकाशित :कार्तिक २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्