अभिनेत्रीको आरोप

- एजेन्सी

कार्तिक २०, २०७४-

अभिनेत्री निहारिका सिंहले बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीमाथि शोषण तथा अपमानको आरोप लगाएकी छिन् । सिद्दिकीले आफ्नो प्रकाशनका क्रममा रहेको बायोग्राफी एन अर्डिनरी लाइफमा आफूले प्रेम गरेका युवतीहरूका बारेमा उल्लेख गर्ने क्रममा अभिनेत्री निहारिकासँगको सम्बन्ध पनि उल्लेख गरेका छन् । निहारिकाले पुस्तकमा उल्लेख गरिएका केही कुरा सत्य भए पनि अधिकांश कुरा बनावटी तथा झूटो भएको दावी गरेकी छिन् ।

म नवाजुद्दिनसँग छोटो समयका लागि रिलेसनसिपमा थिएँ, निहारिकाको भनाइ छ– पुस्तकमा उल्लेख गरिएजस्तो मैले फरको पहिरन लगाएर मैनबत्ती हातमा बोकेर उनलाई आफ्नो बेडरुमसम्म लिएर गएको तथा प्रेम गरेको कुरा सरासर गलत हो । निहारिकाका अनुसार नवाजुद्दिनले आफ्नो बायोग्राफीका लागि सस्तो प्रचारको बाटो रोजेका छन् ।

सिंहको आरोप छ– नवाजद्दिन झुटो बोलिरहेका छन् । पुस्तक बेच्न उनी एउटी महिलाको शोषण तथा अपमान गर्न समेत तयार भएका छन् । 

 

प्रकाशित :कार्तिक २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्