नारीको शरीर संसारकै सबैभन्दा सुन्दर चिज हो

- साप्ताहिक संवाददाता

कार्तिक १९, २०७४- 

Pramod Kharel@kharel777

ती सपनाहरू सुन्दर र वलवान् हुन्छन्, जुन खुला आँखाले देखिन्छन् । 

वैद्य बाको बा@BOkaabaa

एउटीले सिभिल इन्जिनियर भाइलाई मसला किन्न बजार पठाइछ, केटोले बालुवा, गिट्टी तथा सिमेन्ट घोलेर ल्याएछ । 

सुमन@suman_sobit

काठमाडौंका अधिकांश सरकारी अस्पतालका शौचालय अगाडि ढाट राखेर शौचालय प्रयोग कर उठाइन्छ, यो अस्पतालको आयस्रोत कि निकम्मा व्यवस्थापन ? 

Udip G@ghimire_udip

चुरोट कारखाना र क्यान्सर अस्पतालमध्ये एउटा खोल्नुस् । तपाईंको लगानी डुब्दैन । 

Jugal Bhurtel@JugalBhurtel

उही व्यक्तिलाई तीन–तीन पटक समानुपातिक कोटाबाट सांसद बनाउने पार्टीले जनताको धैर्यको परीक्षा लिएको त होला नि । 

शर्मिला उप्रेती@sarmila_preti

एउटा उम्मेदवारको टिकस खरिद अर्नुपरो, कति पर्ने र’छ, कसैलाई थाहा छ ? 

Prashant Lamichhane@prasantaparbat

शास्त्रमा भनिएको छ, पहिले पतिलाई, नभए छोरालाई, छोरा नभए मीत छोरालाई दिनु, मीत छोरा पनि नभए नदीमा बगाइदिनु, टिकट–नियुक्ति सबै यस्तै–यस्तै भयो । 

अनमोल पौडेल@Anmolpaudel166

आफू आठ घण्टा अफिसमा बस्दा अल्छी मान्ने अभिभावकहरू आफ्ना छोराछोरी आठ घण्टा स्कुलमा बस्दा कति अल्छी मान्छन् भन्ने कुरा बेवास्ता गरिदिन्छन् । 

ढकाल बाबु बिपु@d_cish

नारीको शरीर संसारकै सबैभन्दा सुन्दर चिज हो । ए नारी हो, शरीर ढाकेर राख । दाग लागेपछि सबैभन्दा कुरूप तिम्रै शरीर देखिन्छ । 

Ramesh Kandel@kandeldai

हेर्नुस्, डाउडरले छ हप्ता सादा खाना खानु । रौसी, माछामासु नखानु, त्यसपछि फेरी रिपोर्ट हेरौं भन्या छन् । जिन्दगी सादगीमै बित्ने भो प्रभु । 

शिशिर@Vaipersargam

सुन्दरताको पछाडिभन्दा सफलताको पछाडि लाग्नुस् । सफल व्यक्ति भएपछि सुन्दरता आफैं पछि लाग्छ । 

सबु रानी@SabuRegmi2

चिसो बढ्यो, के गर्ने होला ? 

मानुषी@bipana_regmi

क्यामेराले इडिट गरेर बनाएको चेहरा तथा घमन्ड र अहंकारले भरिएको व्यहोरा मन पर्दैन मलाई । 

 

Dr Rajesh Ahiraj@Rajesh_Adhiraj

मधेसका जनता अधिकारका लागि लडिरहेका छन् भने पहाड र हिमालका जनता जीवनका लागि अत्यावश्यक आवश्यकता पूरा गर्न लडिरहेका छन् । 

प्रकाशित :कार्तिक १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्