मौनीको धमाका

- एजेन्सी

कार्तिक १९, २०७४-

टेलिभिजनकी लोकप्रिय अनुहार मौनी राय बलिउडमा स्थापित भैसकेकी छिन् । बलिउड प्रवेश गरेको छोटो समयमै उनले अधिकांश लोकप्रिय अनुहारलाई प्रभावित गरिसकेकी छिन् । सलमान खानलाई प्रभावित बनाएर चर्चामा आएकी मौनीले अक्षय कुमारको जोडीका रूपमा बलिउड यात्रा प्रारम्भ गरेकी छिन् ।

अक्षयसँग उनले अभिनय गरेको चलचित्र गोल्ड प्रदर्शनको क्रममा छ, यद्यपि उनले अर्को एउटा चलचित्रमा पनि अभिनय गर्ने निश्चित भैसकेको छ । ब्रह्मास्त्र शीर्षकको उक्त चलचित्रमा मौनीले रणवीर कपुर, आलिया भट्ट तथा अमिताभ बच्चनसँगै अभिनय गर्नेछिन् ।

धारावाहिक क्यूँकि सास भी कभी बहू थीबाट अभिनय यात्रा प्रारम्भ गर्ने मौनी धारावाहिक ‘नागिन’बाट चर्चामा आएकी हुन् । 

 

प्रकाशित :कार्तिक १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्