चलेन यो जोडी

- साप्ताहिक संवाददाता

कार्तिक १९, २०७४-

झन्डै आठ वर्षपछि बनेको एउटा जोडीलाई दर्शकले अस्वीकार गरिदिएका छन् । कुनै बेला हट केक बनेको रेखा थापा तथा आर्यन सिग्देलको जोडी यसपटक असफल भएको हो । उनीहरूले अभिनय गरेको चलचित्र रुद्रप्रिया व्यवसायिक रूपमा असफल भएपछि उनीहरूको जोडी समेत असफल भएको टिप्पणी गर्न थालिएको छ ।

एसिड आक्रमणपछि एउटी महिलाको जीवनमा आउने उतार–चढावको कथा समावेश चलचित्र रुद्रप्रियामा पनि रेखा र आर्यन प्रेमी–प्रेमिकाकै भूमिकामा प्रस्तुत भएका थिए, यद्यपि टिनएजका अभिनेता–अभिनेत्रीको जोडी हेर्न पल्किएका नेपाली दर्शकले रेखा र आर्यनको पुरानो जोडीलाई त्यति रुचाएनन् ।

पलाँस तथा डायरीमार्फत असफलताको स्वाद चाखिसकेकी रेखाको तेस्रो चलचित्रसमेत असफलको सूचीमा परेपछि अब उनलाई निर्माणमा मात्र सीमित हुने सुझावसमेत दिन थालिएको छ । आर्यन पनि लामो समयदेखि सफल चलचित्रको खोजिमा थिए, यद्यपि रुद्रप्रियाले उनको धोको पूरा गर्न सकेन । 

 

प्रकाशित :कार्तिक १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्