अभिनेत्री बनिन् तरकारीवाली

- साप्ताहिक संवाददाता

कार्तिक १८, २०७४-

अन्तत: तरकारीवाली अर्थात् धादिङकी कुसुम श्रेष्ठ अभिनय क्षेत्रमा तानिएकी छिन् । अघिल्लो वर्ष सामाजिक सञ्जालमा तस्बिर भाइरल भएपछि एकाएक चर्चामा आएकी कुसुमलाई निर्देशक गोपालचन्द्र लामिछानेले आफ्नो चलचित्रको अभिनेत्री बनाएका हुन् ।

पोस्ट प्रोडक्सनमा रहेको चलचित्र लम्फूमार्फत कुसुमले अभिनय यात्रा प्रारम्भ गरेकी हुन् । लम्फूमा कुसुमको भूमिकालाई हालसम्म गोप्य राखिएको छ, यद्यपि उनले प्रभावकारी भूमिका निर्वाह गरेको निर्देशक लामिछानेको कथन छ । चलचित्रबाट प्राप्त पारिश्रमिक कुमुमले अनाथ बालबालिकाका लागि खर्च गरिसकेको बताएकी छिन् ।

अघिल्लो वर्ष नै छायांकन सम्पन्न भएको यो चलचित्रमा कुसुमको आबद्धतालाई हालसम्म गोप्य राखिएको थियो । म्युजिक भिडियो, विज्ञापन तथा चलचित्रबाट आएका थुप्रै प्रस्ताव अस्वीकार गर्दै आएकी कुसुमले लम्फूमा अभिनय गर्ने एउटा विशेष कारण छ । यो चलचित्रको युनिटले अघिल्लो वर्ष नै उनलाई स्नातकोत्तरसम्मको अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको थियो । ‘

चलचित्रमार्फत सामाजिक उत्तरदायित्व पूरा गर्न सकिन्छ भनेर काम गरेकी हुँ– कुसुमको भनाइ छ । 

 

प्रकाशित :कार्तिक १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्