लाइन

- साप्ताहिक संवाददाता

कार्तिक १८, २०७४-

बत्तीसपुतलीस्थित शिल्पी थियटरमा कथा घेराको प्रस्तुतिमा निर्माण भएको नाटक ‘लाइन’को मञ्चन प्रारम्भ भएको छ । अमेरिकी लेखक इज्रेल होरोभित्जले लेखेको नाटक ‘लाइन’लाई नेपालीमा रूपान्तरण एवं अनुवाद गरेर आकांक्षा कार्की आफैंले त्यसको निर्देशन गरेकी हुन् । मंसिर ३ गतेसम्म हरेक साँझ मञ्चन हुने यो नाटकमा राजकुमार पुडासैनी, सुदाम सिके, लुनिभा तुलाधर, सन्देश शाक्य तथा सरोज अर्यालले अभिनय गरिरहेका छन् । 

झोराहाटको पर्खाल 

मोरङ जिल्लाको झोराहाटका डेढ दर्जन नाट्यकर्मीले काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा नाटक ‘पर्खाल’ मञ्चन गरेका छन् । झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईंद्वारा लिखित उक्त नाटक गत मंगलबार तथा बुधबार मञ्चन गरिएको हो । समाज र जीवनका विसंगत पक्षलाई सशक्त रूपमा उठाइएको नाटक पर्खालमा बालमनोविज्ञानलाई केन्द्रमा राखिएको छ । नाटकमा रक्सीको कुलतमा फसेको नेपालको ग्रामीण समाजको चित्रण मात्र गरिएको छैन, प्रेममा भित्रिएको बजारिया संस्कृतिको प्रभावलाई समेत प्रस्तुत गरिएको छ । प्रयाग न्यौपानेद्वारा निर्देशित यो नाटकमा गाउँका दुई दाजुभाइको परिवारको कथा चित्रण गरिएको छ । नाटकमा भरत गुरागाईं, प्रयाग न्यौपाने, मनोज निरौला, ओमप्रकाश निरौला, अनु श्रेष्ठ, सुदीप कार्की, सुनिता कट्टेल, गजेन्द्र पृथक, मनीषा बराल आदि कलाकारले अभिनय गरेका थिए । 

 

प्रकाशित :कार्तिक १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्