र्‍याप ब्याटल इन पोखरा

- राजाराम पौडेल

कार्तिक १८, २०७४-

पोखरामा आज शनिबार युवाहरूमाझ चर्चित ‘रो बार्ज’ को अडिसन ब्याटल हुँदैछ । निकेश श्रेष्ठको आयोजनामा पोखरा लेकसाइडस्थित रोलिङ स्टोन रक बारमा सञ्चालन हुने उक्त ब्याटलमा पोखरा, बुटवल, दमौली, वीरगन्ज तथा स्याङ्जाका १६ जना युवाले भाग लिनेछन् ।

यो प्रतिस्पर्धाका क्रममा बुम र वान माइल, नसिब र निसानराज, कुशल र सागर, उत्तम र विवेक, अस्मिन र विप्लव, आनन्द र सागर, सौजन र अभि तथा रुविन र अनसनबीच र्‍याप व्याटल हुने बताइएको छ । मध्यान्ह १२ बजे प्रारम्भ हुने र्‍याप ब्याटलमा रमाउन जो कोही रोलिङ स्टोन बार पुग्न सक्छन् । 

 

पोखरा फेसन शो

पोखरास्थित होटल पोखरा ग्रान्डमा  शनिबार फेसन शो हुँदैछ जसमा १५ जना मोडल र्‍याम्पमा उत्रनेछन् । निकिता खड्गी तथा मनीष ओस्ताको कोरियोग्राफीमा सञ्चालन हुने उक्त फेसन सोमा पेज थ्री बुटिककी डिजाइनर रेखा मोदीले डिजाइन गरेका पहिरनहरू प्रदर्शन गरिनेछ ।

फेसन सोमा मिस डिभाको ब्याच वितरणका साथै जिरो फेसन म्यागजिनसमेत लञ्च गरिने आयोजक स्वस्तिका केसीले बताएकी छिन् । यो कार्यक्रम दिउँसो ३ बजे आरम्भ हुनेछ । 

 

प्रकाशित :कार्तिक १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्