प्रकृति श्रेष्ठको प्रगति पढेर गर्व लाग्यो

- साप्ताहिक संवाददाता

कार्तिक १८, २०७४

 

विदेश पुगेर प्रकृति श्रेष्ठले हासिल गरेको प्रगति पढेर गर्व लाग्यो (सुगठित प्रकृति) । श्रेष्ठले नेपालीहरूको क्षमता, सीप एवं साहसलाई प्रमाणित गरेकी छिन् । 

- प्रकाश काफ्ले

नेपालमा त राजनैतिक दलहरूले पत्रकारिताकै दुरुपयोग गरिआएको पाइन्छ (यात्रा सन्दर्भ : समाचारको सिनेमा स्वरूप) । यहाँ फराकिलो हिसाबले काम गर्ने वातावरण छैन । अन्तर्राष्ट्रिय स्तरमा ‘इन्भेस्टिगेभिव फिल्म फेस्टिभल’ ले गर्दै आएको काम भने नमुना छ । 

- राजेश क्षेत्री

यो नयाँ कलाकारहरूले आफ्नो प्रतिभा देखाउने अवसर पनि हो (हलोविन एट पोखरा) । यो रमाइलो इभेन्ट रहेछ ।

- पुरुषोत्तम 

यो भूतको कार्यक्रम भनेपछि मलाई सार्‍है डर लाग्छ (पहिलो विश्व : हलोविनको रौनक) । अरूलाई झुक्याउने–तर्साउने कस्तो पर्व होला यो ?

- रोज तामाङ

फरक स्वाद पाइयो (समय सन्दर्भ : म चोर हुँ ) । सारगर्भित लेख । 

- दिलबहादुर लामा

एक वर्ष अघिपछि जन्मिएकाहरूमा कसरी दुई वर्षको फरक हुन्छ (अभिनेत्रीहरूको उमेर) ? बक्लोल पनि कति बनाउन सकेको ? 

- सरोज ढकाल

युवा ज्योतिष हरिहर अधिकारीको भविष्यवाणी फेल खाएको रेकर्ड छैन (अन्तरवार्ता : नेपालमा एउटा ठूलो धार्मिक क्रान्तिको सम्भावना देखिन्छ) । सम्भवत: धार्मिक क्रान्तिको सम्भावनासम्बन्धी यो भविष्यवाणी पनि मेल खान्छ ।

- विकास राई

नेपाली राजनीतिभन्दा त मोटु–पतलु नै ठीक (मोटु–पतलुको लोकप्रियता) । जब टेन्सन हुछ, तब मोटु–पतलु हेरिन्छ । केटाकेटीलाई हिन्दी भाषा सिकाउने गतिलो माध्यमसमेत भएको छ यो सिरिज । 

- ज्ञानु बूढामगर, रञ्जु लामा, मोतीलाल खरेल, प्रतीक्षा लावती, रूपा लामा, सरु नेवा, विशाल थारु

यो विषय त स्कुलस्तरमा पनि समावेश हुनुपर्ने हो (त्रिभुवन विश्वविद्यालयमा योग शिक्षा) । विद्यार्थीहरूको शारीरिक एवं मानसिक स्वास्थ्यसँग गाँसिएकाले यसलाई अनिवार्य विषयका रूपमा पठनपाठन गराउनु आवश्यक छ । 

- लालबहादुर थापा

संगीतकार शुकबहादुर गुरुङजस्ता स्रष्टालाई सबैले सहयोग पुर्‍याउनुपर्छ (म्युजिक डायरी : गुरुङलाई सहयोग) । लोकप्रिय गीतका सर्जकको सम्मान गर्नुपर्छ । 

- दीपक बम

यो फरक खालको प्रयोग हो (चर्चामा : गीतमा फरक स्वर) । यो प्रयोगमा कलाकारहरू सफल पनि छन् ।

- रुपक थापा

व्यापारिक रूपमा मात्र होइन, सामाजिक रूपमा समेत यसरी नै सहयोग पुर्‍याइदिए धेरैको कल्याण हुने थियो (कन्सर्टबाट सहयोग) । ग्रिन लियो क्लबबाट अरुले पनि सिकून् । 

- सबिना राई

परम्परागत पहिरन दीपिकालाई एकदमै सुहाएको छ (बलिउड गफ : दीपिकाको पहिरन) । यसमा उनको मेहनत पनि देखिन्छ । चलचित्र सार्वजनिक भएपछि धेरैको मन जित्ने निश्चित छ । 

- सुनिल श्रेष्ठ

 

राज्यलाई झकझक्याउने यस्ता काम गर्न जरुरी छ (ग्यालरी : तस्बिरमा नागरिकता समस्या) । यो सम्बन्धित निकायलाई सतर्क गराउने उपयुक्त माध्यमसमेत हो । 

- माला सापकोटा

प्रकाशित :कार्तिक १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्