श्वेता खड्कालाई चुरा पोतेको पीर

- साप्ताहिक संवाददाता

कार्तिक १७, २०७४-

अभिनेत्री श्वेता खड्का चलचित्र ‘कान्छी’ मार्फत पर्दामा फर्कदै छिन् भन्दा उनका धेरै दर्शक खुशी भएका छन् । उनले पनि आफ्ना दर्शकको मायालाई मध्येनजर गर्दै चलचित्रको एक गीत सार्वजनिक गरेकी छिन् । सार्वजनिक गीतमा श्वेता र दयाहाङ राईलाई जोडीका रुपमा देखाईएको छ ।

राजनराज शिवाकोटीको स्वर संगीत सामवेश गीतमा अञ्जु पन्तले पनि स्वर भरेकी छिन् । गीतको शब्द पनि राजनराजको नै हो ।

आकाश अधिकारी निर्देशित चलचित्र आगामी माघ २६ बाट प्रदर्शनमा ल्याउने तयारीमा निर्माण युनिट छ । अधिकांश दृश्य मुस्ताङका खिचिएको चलचित्रका सिनेमाटोग्राफर पुरुषोत्तम प्रधान हुन् । चलचित्रमा दया र श्वेतासँगै अनु शाह, कामेश्वर चौरासिया, आशान्त शर्मा, भुमिका श्रेष्ठ लगायतको अभिनय छ । 

चरी चट्ट परिको भिडियो 

 

प्रकाशित :कार्तिक १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्