थोर : रंग्नारोक

- साप्ताहिक संवाददाता

कार्तिक १७, २०७४-

निर्देशक : टाइक वोइटिटी

कलाकार : क्रिस ह्याम्सवर्थ, टम हिडेलस्टन, केट ब्लानसेट, इडिस एल्बा आदि ।

अमेरिकी मार्वल कमिक्सका अनेकौं सुपरहिरोमध्ये थोर पनि एक हो । मार्वलले आफ्ना कमिक्सका सुपरहिरोहरूलाई पछिल्ला केही वर्षयता चलचित्रको पर्दामा ल्याउन थालेको छ । आफ्नै निर्माण संस्था मार्लवल्स स्टुडियोको निर्माणमा वाल्ट डिज्ने स्टुडियोज मोसन पिक्चर्सले वितरण गरेको थोर श्रृंखलाको यो चलचित्रलाई ‘थोर थ्री’ पनि भनिएको छ ।

यसअघि थोरका दुई श्रृंखला सन् २०११ तथा २०१३ मा सार्वजनिक भएका थिए । ती दुवै श्रृंखलालाई दर्शकले मनपराएपछि ‘थोर : रंग्नारोक’ शीर्षकमा आज शुक्रबारदेखि यसको तेस्रो श्रृंखला सार्वजनिक हुन लागेको हो ।

यो चलचित्रमा थोर आफ्नो साथी हल्कलाई लिएर अन्यायविरुद्ध युद्ध लड्न अग्रसर हुन्छ, जसमा पहिलेको श्रृंखलामा मृत्यु भैसकेको भनिएका थोरका भाइ लोकी पनि जिउँदै फेला पर्छन् । सुपरहिरोको यो युद्धलाई भिज्युअल ग्राफिक्स तथा एनिमेसनको प्रयोगबाट जिवन्त तुल्याइएको छ । नेपालका मल्टिप्लेक्सहरूमा थोरको यो तेस्रो श्रृंखला थ्रीडी तथा टुडी प्रविधिमा आज शुक्रबारदेखि नै प्रदर्शन हुने भएको छ । 

 

प्रकाशित :कार्तिक १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्