शैक्षिक अवार्ड कार्तिक २५ मा

- साप्ताहिक संवाददाता

कार्तिक १६, २०७४

नेपालमा पहिलो पटक हुनगईरहेको नेशनल पावरन्युज एजुकेशन अवार्डको मनोनयनमा परेका र गत भाद्र २० गते भएको प्रमाणपत्र वितरणमा उपस्थित हुन नसकेका स्कुल तथा कलेजहरुलाइ  एक कार्यक्रमका विच सहकारी विकास मन्त्री दिलनाथ गिरीले प्रमाण पत्र वितरण गरेका छन् । रिपोर्टस् क्लबमा आयोजित एक कार्यक्रमका विच वााकी रहेका स्कुल तथा कलेजहरुलाई उत्कृष्ठ १० मा पर्न सफल प्रमाण पत्र वितरण गरिएको हो । 

कार्यक्रममा बोल्दै मन्त्री गिरीले यस्ता किसिमको कार्यक्रमबाट नेपालको शिक्षा क्षेत्रलाइ थप प्रतिष्प्रधात्मक बनाउन सफल हुनेमा विश्वास व्यक्त गरे । नेपालमा पहिलो पटक शिक्षा क्षेत्रलाइ समेटेर अवार्ड कार्यक्रम गरेकोमा आयोजकलाइ धन्यवाद दिादै आगामी दिनहरुमा पनि यस्ता किसिमका कार्यक्रमहरुलाइ निरन्तरता दिन  आग्रह गरे । 

कार्यक्रममा बोल्दै डा. इवामुरा अस्पतालका अध्यक्ष उत्तम कर्माचार्यले नेपालको शैक्षिक क्षेत्रको विकासका लागि यो कार्यक्रम निकै फलदायी हुने बताए ।  त्यस्तै जेष्ठ नागरिक कोषका सभापती रामकृष्ण कर्माचार्यले नेपालको शैक्षिक ईतिहासमा यो कार्यक्रमले निकै योगदान दिने बताए ।

कार्यक्रमको बारेमा प्रकाश पार्दै नेशनल पावरन्युजका एजुकेशन अवार्डका अध्यक्ष माधवराज खरेलले  आगामी कार्तिक २५ गते नेपाली शैक्षिक इतिहासमा नया अध्याय हुने बताए । उत्कृष्ठ १० मा पर्ने सबै स्कुल तथा कलेज उत्कृष्ठ रहेकोले प्राविधिक रुपमा एउटाले अवार्ड जिते पनि सैद्धान्तिक रुपमा भने सबै विजेता भएको बताए । फाइनल आगमाी कार्तिक २५ गते हुँदैछ ।

प्रकाशित :कार्तिक १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्