हङ्कङमा चर्चित “सामसाम फेसन डिजाईनिङ”

- अनोज रोक्का

कार्तिक १६, २०७४-

सामसाम फेसन डिजाईनिङ पछिल्लो समय हङ्कङका युवायुवतीमाझ चर्चित बनिरहेको फेसन हव हो । सामसामबाट उत्पादिन डिजाईनहरुले हङ्कङका तन्नेरीहरुको मन जितिरहेको छ । सन् २००९ मा हङ्कङ आएकी सम्झना जवेगुले एक बर्षअघि शुरुवात गरेको सामसामले छोटो समयमा आफ्नो उत्पादनहरुलाई अन्तराष्ट्रिय बजारमा एक प्रतिस्पर्धीकारुपमा उभ्याएको छ । 

६ बर्ष निरन्तर क्याफेमा काम गर्दै जिवीकोपार्जन गरिरहेकी उनले आफ्नो फेसन डिजाईनिङ प्रतिको मोहलाई त्याग्न सकिनन् अन्तत अथक प्रयास, निरन्तर लगाव र साथीभाईको हौसलाले शुरु भयो सामसाम फेसन । 

हङ्कङ पूर्वी एसियाकै उत्कृष्ट फेसन हवकोरुपमा परिचित छ । संसारका फेसन र डिजाईनिङ्को सहज उपलब्धता हुने हङ्कङमा नेपाली कलालाई परिचित गराउानु सजिलो छैन, तर निरन्तर दश घण्टा आफ्नो काममा तल्लिन हुने सम्झना यसलाई सफलता र चुनौती सम्झिन्छिन । नेपाली ग्राहकहरुसँग ईन्डियन, चाईनिजलाई पनि आफ्नो उत्पादन विक्री गर्ने सम्झनाले ५ हजारदेखी ५० हजार रुपैयासम्मका लेङ्गा, गाउन लगायतका डिजाईनिङहरु विक्री गरिसकेकी छिन् ।

फेसन रहर नभएर बाध्यता भएको उनको तर्क छ, भन्छिन् ‘अहिले मानिसलाई पैसा भन्दा पनि नयाापन र उत्कृष्टता चाहिएको छ । समाजमा प्रतिष्ठित भएर हिड्नका लागि ब्यक्तिगत ग्रुमिङ् अत्यावश्यक हुन्छ, जसलाई हामीले पुरा गर्ने प्रयास गरेका छौ ।’ फरक डिजाईनिङ, समयमा उपलब्धता र उत्कृष्टताले लोकप्रिय बन्ने गएको सामसामका डिजाईनहरु रन वे फेसन, मिस हङ्कङ नेपालका साथै विभिन्न फेसन र मोडलिङ्का कार्यक्रमहरुमा प्रस्तुत हुदै आईरहेको छ । 

सामसामलाई ब्राण्डको रुपमा विकसित गरि नेपाल लगायतका देशहरुमा ब्रान्च खोल्ने लक्ष्य रहेको बताउाने सम्झना सिनाल ग्राभियल, तेन्जिङ छितेन भुटियालाई आफ्नो आईडल मान्छिन् । स्थापनाको छोटो समयमा चर्चित बन्दै गईरहेको सामसामबाट उत्पादिन डिजाईनहरु कलाकारहरु निशा अधिकारी, मलिना जोशी, कला सुब्बा लगायतले लगाईसकेका छन् ।  

प्रकाशित :कार्तिक १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्